सैनामैना सिङगिङ्ग तथा डान्सिङ्ग स्टार सिजन- २ करिब डेढ महिना को मेहेनत को सफल्ता असार १९ गतेका दिन खुसियालि ले भरियको छ । लोक तथा दोहोरि गायक स्याम राना सहित यस कार्यक्रम लाइ सम्पन्न गरियको थियो। भने बिगत का दिन मा हजारौ ब्यक्ति लाइ सफल बनायको यस के style creation को आयोजना मा सैनामैना सिङगिङ्ग तथा डान्सिङ्ग स्टार सिजन- २ सुरु गरियको थियो ।सैनामैना सिङगिङ्ग तथा डान्सिङ्ग स्टार सिजन- २ को उपाधि सागर ले गायन तर्फ , एलिना गुरुङ ले सिनियर नृत्य तर्फ र सृष्टि न्यौपानेले जुनियर तर्फ जित प्राप्ति गर्न सफल भयका छन् । करिब एक्एक्-डेढ महिना समय अवधि भर को मेहेनत पछि यो जित हासिल गरेका हुन ।
एस.के स्टाएल क्रियशनको आयोजनामा बुधबार सम्पन्न ग्राण्ड फिनालेमा सिङगिङ्ग विधातर्फ सागर परियार तथा डान्सिङ्ग सिनियरतर्फ एलिना गुरुङ र जुनियरतर्फबाट सृष्टि न्यौपानेले उपाधि जितेकी हुन् । उपाधी सहित विजेताहरुले जनहीले नगद रु. १६हजार ५ सय ५५ ट्रफी र प्रमाण-पत्र प्राप्त गरेका छन् ।
सिङगिङ्ग विधातर्फ उपाधि सागर परियार ,फस्ट रनरअप मिलिसा परियार, सेकेन्ड रनरअप सुगम नेपाली र थर्ड रनरअप अप्रिन्स भट्टराई हुन सफल भएका छन् भने बेस्ट पर्फमेन्सकाे अवार्ड विधान परियारले हात परेका छन् । विजेताहरुले क्रमशः १६ हजार ५ सय ५५ , ११ हजार ५ सय ५५,११ हजार ५ सय ५५, ८ हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाण-पत्र प्राप्त गरेका थिए ।
यसैगरी डान्सिङ्ग विधा सिनियरतर्फ उपाधि एलिना गुरुङ ,फस्ट रनरअप एन्जल कार्की, सेकेन्ड रनरअप बर्षा बस्नेत, थर्ड रनरअप आयना मरासिनी र बेस्ट डान्सर तिर्सना श्रेष्ठ, बेस्ट अर्गनाइजर च्वाईस आयुस श्रेष्ठ, बेस्ट कन्सेेप्ट अवार्ड आशिका लम्सालले हात पारेकी छन् । विजेताहरुले क्रमशः १६ हजार ५ सय ५५ ,११ हजार ५ सय ५५, ८ हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाण-पत्र प्राप्त गरेका थिए ।
यसैगरी जुनियर डान्सिङ्गतर्फको उपाधि सृष्टि न्यौपाने, फस्ट रनरअप अस्मि घर्ती मगर, सेकेन्ड रनरअप समृद्धि पन्थी, थर्ड रनरअप नेन्सी खाती र बेस्ट डान्सर प्रिया सुनार, बेस्ट अर्गनाइजर च्वाईसकाे अवार्ड अनुस्का भण्डारीले हात पारेकी छन् । विजेताहरुले क्रमशः १६ हजार ५ सय ५५ ,११ हजार ५ सय ५५, ८ हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाण-पत्र प्राप्त गरेका थिए ।
प्रतियोगिताका लागि सात सय जनाले अडिसन दिएका थिए जसमा ४ चरणमा छनाेट गरि डान्सिङ्गतर्फ फाइनलमा २० जनाले उपाधीका लागि प्रतिष्पर्धा गरेका थिए भने सिङगिङ्ग तर्फ ८० जना अडिसनमा सहभागी भै १३ जना फाइनलमा भिडेका थिए।
बालबालिकाहरुमा रहेको गायन तथा नृत्य कलालाई प्रस्तुत गर्न एउटा मंच प्रदान गर्न सैनामैनामा सैनामैना सिङगिङ्ग तथा डान्सिङ्ग स्टर प्रतियोगिता आयोजना गरिएको एस.के स्टाएल क्रियशनका संचालक सहिर के.सिले बताउनुभयो ।
कलाक्षेत्रको प्रवद्र्धन तथा नवप्रतिभाहरुको उन्नयनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउदै उहाँले सैनामैना संचालन गरिएको प्रतियोगिता उत्कृष्ट भएको बताउनुभयो । एस.के स्टाएल क्रियशन बुटवलको आयोजना तथा एम बि प्रोडक्सन र एस बि प्रोडक्सनको सह-आयोजनामा सैनामैना सिङगिङ्ग तथा डान्सिङ्ग स्टर प्रतियोगिता सप्पन्न भएको थियो । हामि गर्छौ तपाइ भित्र लुकेर रहेका कला र क्षमता पहिचान भन्ने उदेस्य ले सुरुवात गरियको यस कार्यक्रम साच्चिकै कला र क्षमता पहिचान भयको बताइयको छ । कार्यक्रमको संचालन संचारकर्मी कृष्ण भण्डारीले गर्नु भएको थियो भने निर्णायकमा नृत्य प्रशिक्षक लोकेन्द्र शाह, बबिता धिताल, सुमन पौडेल, गोकुल न्यौपाने र दिपक श्रेष्ठ रहनु भएको थियो ।



