रुपन्देहीको कन्चन गाउँपालिकाले निशुल्क एम्बुलेन्स सुरुवात गरेको छ ।एम्बुलेन्स चलाक नम्बर ९७४८७००२५०,९८१८३३६३३३६ सम्पर्क गरि सेवा लिन सकिने पालिकाले जानकारी दिएको छ
पालिका अध्यक्ष नवराज ढकाल एम्बुलेन्स सन्चालन ले समयमानै हस्पिटल पुग्न नपाएर कसैको ज्यान नजाहोस भने प्रमुख उदेश्यले एम्बुलेन्स सेवा सन्चालन गरिएको बताउनु भयो ।
पालिका उपाध्यक्ष मौसमी पुनले गर्भवती दिदिबहिनीलागि एम्बुलेन्सले निशुल्क सेवा दिनेर गरिव विपन्न लाई कम भाडा दरमा हस्पिटल सम्म लैजाने ब्यबस्थापन मिलाईएको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले एम्बुलेन्स सन्चलानमा आउदा कन्चन लगाएत अन्य क्षेत्रका जनताले समेत सेवा पाउने भएकाले पालिकाको राम्रो कामको रुपमा आफुले लिएको बताउदै कन्चनको हरेक बिकासमा आफुले गर्ने सहयोग सधै गर्ने बताउनु भयो ।
यस्तै स्वास्थ्य साखा प्रमुख रामप्रसाद गौतमले एम्बुलेन्स केही समय अगाडिनै सुचारु गर्ने योजना रहेतापनी प्रविधिक कारणले जेष्ठ ६ गते देखि सन्चलानमा आएको वताउनु भयो कार्यक्रममा , वडा अध्यक्ष टेकबहादुर गुरुङ कार्यपालिका सदस्य कुमारी घर्ती लेखा अधिकृत सन्तोष गैरे ईन्जिनियर सुब्ध ज्ञवाली स्टोर प्रमुख स्याम पौडेल लगाएतले पालिकाको गौरव कुरा भएको बताउनु भयो ।



