spot_img

कामाख्या धाममा कृष्ण जन्मोत्सव, केबलकारमा यात्रीलाई ५० प्रतिशत छुट

कामाख्या धाममा कृष्ण जन्मोत्सव, केबलकारमा यात्रीलाई ५० प्रतिशत छुट
पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं –३ मा अवस्थित माँ कामाख्या धाममा कृष्ण जन्मोत्सव सञ्चालन हुने भएको छ । यही भाद्र १० गते कृष्ण जन्म अष्टमीको दिन माँ कामाख्या धाममा विषेश पुजा र आराधानका साथ भव्य रुपमा कृष्ण जन्मोत्सव मनाउन लागिएको माँ कामाख्या धामका मुख्य पुजरी सुरेश पौडेलले जानकारी गराउनु भयो ।
भगवान विष्णुको आठौं अवतारको रुपमा भगवान श्री कृष्णको जन्म भएको धार्मिक मान्यता रहेको छ । यस धर्तीमा अधर्म, अन्याय हटाउनको लागि धर्मको रक्षाको लागि मानवको रुपमा प्रार्दुभाव भएको दिनको सम्झनामा विशेष पुजा आराधाना गरी भगवान श्री कृष्णको जन्मोत्सव हरेक वर्ष मनाउने गरिएको यस पर्वको मुख्य महत्व राम्रो कामलाई प्रोत्साहन गर्ने र नराम्रो कामलाई हतोत्साही गर्नु रहेको माँ कामाख्या धामका मुल पुजरी पौडेलले बताउनु भयो ।
भगवान शिवको पवित्र महिना साउन महिनादेखि नै भगवान शिवकी अर्धाङ्गिनी सतिदेवीको अगं पतन भई उत्पति भएकी देवी माँ कामाख्या धाममा जर्लापण लागि विषेश छुट अन्तरगत केबलकारको यात्रामा ५० प्रतिशत छुटको व्यवस्था कायम गरिएकोमा उक्त व्यवस्था भोलि भाद्र १० गतेपनि कायम नै रहेको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । भोलि बिहान ८ बजेदेखि १२ बजेसम्म खरिद गरिने टिकट मात्र रु ५ सयमा खरिद गर्न सकिने र घिमिरेले बताउनु भयो ।
कृष्ण जन्मअष्टमीको महिमामा सत्यको सदैव जित हुन्छ, संख्याले सधै सत्य निर्धारण गर्न सक्दैन भन्ने रहेको छ । कृष्ण जन्म अष्टमीको दिन, निनभर ब्रत बसी मध्यरातमा बिधिपूर्वक पुजागरी जन्मोत्सव मनाउने चलन रही आएको छ । यसरी जन्मोत्सव मनाउँदा हामी सबैले आफ्नो जन्मोत्सव लगायत जीवनका हरेक महत्वपूर्ण उत्सवहरु मनाईरहेका हुन्छौ भन्ने मान्यता रही आएको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर