spot_img

एकसय प्रभावशाली महिलाको सूचीमा बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी पालिकाको नाम उच्च राख्ने भनाई

एकसय प्रभावशाली महिलाको सूचीमा बडीगाड गाउँपालिका अध्यक्ष गण्डकीजिल्लाको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सूचीमा परेकी छन् । ई म्यागेजिन वर्ल्ड अफ वोमन (डब्ल्यु ओ डब्ल्यु) ले विभिन्न क्षेत्रमा नेतृत्व गरि समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने महिलाहरूको सूची सार्वजनिक गरेकोमा अधिकारी पनि परेकी हुन् । डब्ल्यूओडब्ल्यूले सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको नाम सार्वजनिक गरेको हो ।

सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा प्रभावशाली महिलाको छनौट गरिएको हो । अधिकारी जनप्रतिनिधि तर्फ प्रभावशाली महिलाको सूचीमा परेकी हुन् । अधिकारीले विशेषगरी ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधारको क्षेत्रमा गरेका कार्यहरु उल्लेख गर्दै प्रभावशाली महिलाको सुचिमा राखिएको छ । निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोग सहित कल्याणकारी कार्यक्रमहरू सुरु गरेको र साना उद्योगहरूलाई प्रवद्र्धन गरेको भन्दै प्रभावशाली महिलाको सुचिमा समावेश गरिएको हो । साथै ग्रामीण पूर्वाधार सुधारको पहलहरुको नेतृत्व गर्दै सौर्य ऊर्जा परियोजनाहरू र स्थानीय महिलाहरूको लागि डिजिटल साक्षरता तालिम, स्मार्ट खेती अभ्यासहरू मार्फत कृषि दिगोपन बढाउन र कमजोर समुदायहरूको लागि जलवायु अनुकूलन कोष सुरक्षित गर्नमा पनि केन्द्रित रहेको जनाएको छ । केही समय अगाडि सि लिड्स आइकन अवार्डबाट पनि सम्मानित अध्यक्ष अधिकारी बागलुङका १० पालिकामा एक्लो महिला स्थानीय तह प्रमुख हुन् ।दृढ संकल्प, नवीनता, चुनौतीपूर्ण अवस्थाहरुलाई पार गर्दै नयाँ मार्गहरू कोर्ने महिलाहरुको सुचि सार्वजनिक गरी अन्य महिलाहरुलाई पनि प्रेरित गर्ने र समावेशी संसार निर्माणमा महिलाहरूले सिर्जना गर्ने असाधारण प्रभावको बारेमा जानकारी दिने उद्धेश्यले सुचि सार्वजनिक गरिएको डब्ल्यूओडब्ल्यूले जनाएको छ । उक्त सुचिमा भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहाल, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, महिला नेतृ बृन्दा पाण्डे लगायत छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर