नवलपरासी सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ ।
नवलपरासी सुस्ता गाउँपालिका र कपडा बैंकसँगको लागत साझेदारीमा कपडा बैंक स्थापना गरिएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय जानकारी दिनुभएको छ ।

उक्त कपडा बैंकको उद्घाटन पालिका अध्यक्ष टेक नारायण उपाध्यायले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि उपाध्यायले आफुहरुसँग भएका वस्तुहरूलाई प्रयोगमा ल्याउन नजान्दा आर्थिक उन्नतिमा पछाडि परेको बताउँदै कपडा बैंकको स्थापनाले प्रयोगमा नआएका कपडाहरू पनि पुनः प्रयोगमा आउने र कपडा बैंक संग आवश्यक समन्वय र सहकार्य गरि अगाडि बढने र यो कार्यक्रमले असहाय तथा विपन्न व्यक्तिलाई ठूलो सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता चौधरीले पालिका भित्र रहेका काम नलाग्ने कपडाहरुलाई प्रशोधित गरि पुनः प्रयोगमा ल्याउने कार्यमा सहयोग गरेको भन्दै कपडा बैंकका अध्यक्ष कमल जि सि लगाएत संस्थापकहरुलाई धन्यवाद दिनुभएको थियो ।
सोही कार्यक्रममा सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले पालिकामा स्थापना गरिएको कपडा बैंकबाट विपन्न नागरिकहरूलाई सहज हुने बताउनु भयो ।
आफ्नो घर टोल र समाजलाई सफा राखौं, कोही कपडा विहिन नरहुन् भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै अन्य पालिकाहरुमा जस्तै सुस्ता गाउँपालिकामा पनि कपडा बैंकको स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनु भयो ।
यस्तै कार्यक्रममा बर्दघाट जेसिज निवर्तमान अध्यक्ष युवराज चापागाईंले कपडा बैंक को स्थापन सुस्ता गाउँपालिकाले पहिलो स्थापना गरेकोमा धन्यवाद दिदै जेसिज र कपडा बैंक समन्वय र सहकार्यका साथ अगाडि बढने बताउनु भयो।
यस्तै कपडा बैंक केन्द्रिय अध्यक्ष कमल जि सी ले प्रयोगमा नआएका कपडाहरु पुनः प्रशोधन गरेर संस्थाको तर्फबाट आवश्यक पर्नेहरूलाई निशुल्क रुपमा बितरण गरिदैं आएको बताउनु भयो ।
२०८१ सालमा स्थापना गरिएको कपडा बैंक अहिले देशभरका १६० भन्दा बढि स्थानीयतहमा पुगेको जिसिको जानकारी दिनुभयो । महानायक राजेश हमाल संरक्षक रहनु भएको उक्त कपडा बैंकले प्रयोगमा नआएका कपडाहरूलाई पुनःप्रशोधन गरेर बितरण गर्दैै आइरहेको छ जि सी ले बताउनु भयो कार्यक्रममा सुस्ता गाउँपालिकाले कपडा बैंकको सम्पूर्ण टिमलाई स्वागत गरेको थियोे कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य आमा समुह क्लब पत्रकार सुरक्षाक्रमी कर्मचारी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रम को सन्चालन दिनेश घिमिरेले गर्नु भएको हो।



