spot_img

रुपन्देहीको कञ्चनमा १७ वर्षीय युवकको विभत्स हत्या, नालिमा शव फेला

रुपन्देहीको कञ्चनमा १७ वर्षीय युवकको विभत्स हत्या, नालिमा शव फेलाकञ्चन ०४ पौष २०८२

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोक निवासी अर्जुन शर्माको १७ वर्षीय छोरा इशान शर्मा पौडेलको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको छ। नालिमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचनापछि घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि पठाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार युवकको हत्या योजनाबद्ध रूपमा गरिएको हुन सक्ने आशंका गरिएको छ। शव नालिमा फालिएको अवस्थाले हत्या पछि प्रमाण लुकाउने प्रयास भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
प्रहरीका अनुसार मृतक बुधबार साँझ ८ बजे देखीको समयदेखि सम्पर्क विहीन रहेको र बिहिबार साँझ अनुमानित ६ बजेको समयमा नालिमा शव भेटिएको बताइएको छ। घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान तीव्र पारिएको छ भने स्थानीयसँग सोधपुछ भइरहेको छ। घटनासँग सम्बन्धित विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले कञ्चन गाउँपालिका क्षेत्रभरि त्रासको वातावरण सिर्जना भएको छ। स्थानीयवासीले दोषीलाई छिटो पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर थकालीचोकले जनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर