spot_img

रोटरी क्लब अफ सैनामैनाद्वारा दुई दिने आईसीसी तालिम

रोटरी क्लब अफ सैनामैनाद्वारा दुई दिने आईसीसी तालिम सुरु

सैनामैना
रोटरी क्लब अफ सैनामैनाको आयोजनामा दुई दिने आईसीसी (ICC) तालिम सञ्चालन गरेको छ।

क्लबको अध्यक्ष भोजराज पौडेलले तालिम पूर्णरूपमा प्रयोगात्मक ढङ्गबाट प्रदान गरिने जानकारी दिनुका साथै‌ सहभागी शिक्षकहरूलाई नयाँ प्रविधि कृत्रिम बुद्धिमत्ता (एआई) सँग अन्तरक्रिया कसरी गर्न सकिन्छ भन्ने समेत तालिम दिइने कुरा व्यक्त गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले पछिल्लो समय संसार प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै यस तालिमबाट प्राप्त ज्ञानलाई विद्यालयमा व्यवहारमा उतार्न सकेमा प्राविधिक क्षेत्रमा नयाँ उचाइ लिन सकिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथिमा रोटरी क्लबका संस्थापक अध्यक्ष मिनप्रसाद पौडेल र पुर्व अध्यक्ष प्रेम शर्मा सागरले समेत कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

दुई दिने तालिममा ७ वटा विद्यालयका २१ जना शिक्षकहरूको सहभागिता रहेको थियो। आईसिटी सम्बन्धित तालिम कम्युटर विज्ञ शिशिर क्षेत्री र बालकृष्ण ज्ञवालीले दिएका छन ।

तालिमको अध्यक्षता भोजराज पौडेलले गर्नुभएको थियो भने कार्यक्रम संयोजकको भूमिका सँगै कार्यक्रमको सञ्चालन विष्णु प्रसाद अर्यालले गर्नुभएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर