spot_img

बुद्ध एयरको विमान दुर्घटनामा सबै सकुशल

झापाको भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान दुर्घटनामा परेको छ ।

अवतरणका बेला विमान रन–वेबाट चिप्लिएर बाहिर घाँसको मैदानमा पुगेको प्रहरीले जनाएको छ ।

कुनै मानवीय क्षति भएको छैन । तर, विमानमा भने आंशिक क्षति पुगेको बताइएको छ ।

घटनापछि सुरक्षाकर्मी तथा विमानस्थल प्रशासनले उद्धार गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर