spot_img

रुपन्देहीको कञ्चन गजेडी ब्याडमिन्टन क्लव, कञ्चन १ र २ रुपन्देहीको प्रथम साधारण सभा तथा अधिबेशन शनिवार सम्पन्न

रुपन्देहीको कञ्चन गजेडी ब्याडमिन्टन क्लव, कञ्चन १ र २ रुपन्देहीको प्रथम साधारण सभा तथा अधिबेशन शनिवार सम्पन्न भएको छ सचीव राजु थापाले जानकारी दिनु भयो । अधिबेशनले ओम बहादुर भलामीको अध्यक्षतमा नयाँ कार्य समिति निर्वाचित गरेको छ।

कञ्चनको दानापुर तालमा सम्पन्न उक्त अधिबेशनले उपाध्यक्षमा दल बहादुर कार्की, सचिबमा राजु थापा, कोषाध्यक्षमा देबेन्द्र आचर्य र सह सचिबमा प्रकाश पुनलाई सर्बसम्मत निर्वाचित गरेको छ।

आगामी दुईबर्षका लागि नवगठित क्लवको सदस्य रमेश पौडेल पुर्ण बहादुर भुजेल, आकस जङ कुवर र तारा बहादुर पुन निर्वाचित गरेको क्लवका सचिव राजु थापाले जानकारी दिनु भएको छ।

क्लवका ओम भलामीको अध्यक्षता तथा सचिव राजु थापाको सञ्चालनमा अधिबेशन सम्पन्न भएको हो साथै कन्चन १ र २ का ब्याडमिन्टन खेलाडी को उपस्थितिमा वन भोज कार्यक्रम समेत गरिएको थियोे ओम भलामिको पुरानै कार्यसमितिले दोस्रो कार्यकाल को लागि अवसर पाएको हो कन्चनमा ब्याडमिन्टन क्लब कन्चन गजेडी ब्याडमिन्टन दर्ता प्रक्रियाले अगाडि बढेको छ क्लब वार्षिक रुपमा ब्याडमिन्टन संगै अन्य थुप्रै कार्यक्रम गर्दै आएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर