spot_img

रुपन्देही एरिया-५द्वारा आयोजित थर्ड डिस्ट्रिक्ट क्याविनेट मिटिङ भैरहपामा भव्य रूपमा सम्पन्न,

रुपन्देही एरिया-५द्वारा आयोजित थर्ड डिस्ट्रिक्ट क्याविनेट मिटिङ भैरहपामा भव्य रूपमा सम्पन्न, लायन्सको सेवामूलक कार्य र विद्यार्थीहरुको सम्मानको विशेष आकर्षण

भैरहवा, रुपन्देही

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल को थर्ड डिस्ट्रिक्ट क्याबिनेट मिटिङ एरिया नं ५ को आतिथ्यतामा रोयल वैष्ट्रकेट, भैरहवामा सम्पन्न भएको छ। डिस्ट्रिक्ट गभर्नर लायन वालाराम भट्टराई को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा Past International Director (GAT CA Leader- SAME) Lion Er. Sanjay Khetan को गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा एरिया-१ काठमाडौँ, एरिया-२ पाल्पा, एरिया-३ परासी एण्ड बुटवल, एरिया-४ बुटवल तथा एरिया-५ अन्तर्गत भैरहवा र कपिलवस्तु क्षेत्रका क्लबहरूको संयुक्त सहभागिता रहेको थियो । यस क्याबिनेट मिटिङमा १५६ वटा क्लबका प्रतिनिधिहरू तथा लायन्स सदस्यहरु सहभागी भएका थिए भने करिब ८०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी कार्यक्रममा पत्रकार समाजसेवी, बुद्धिजीवी, व्यवसायी र विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो ।

डिस्ट्रिक्ट क्याविनेट मिटिङको मुख्य उद्देश्य संगठनात्मक गतिविधिको समीक्षा, भावी कार्ययोजना निर्माण, नेतृत्व विकास र सेवामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको थियो। बैठकमा विगत तीन महिनामा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दा आगामी तीन महिनामा सञ्चालन गरिने योजनाहरूको विस्तृत छलफल पनि गरिएको थियो।

कार्यक्रममा शाखा क्लब लायन्स क्लब अफ बुटवल क्लोच एण्ड फुड बैकको विशेष सहभागिता रहेको थियो। क्लोथ एण्ड फुड बैंकमार्फत गरिंदै आएका न्यानो कपडा, जुत्ता र आवश्यक सामग्री वितरणजस्ता मानवीय सेवामूलक कार्यहरूको जानकारी प्रस्तुत गरिएको थियो। जाडो मौसममा विपन्न तथा असहाय समुदायलाई लक्षित गरी सञ्चालन गरिएका यी कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताए।

कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षणका रूपमा पिस पोष्टर कन्टेस्टमा उत्कृष्ट हुन सफल विद्यार्थी र क्लबहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा वभिन्न मापदण्डका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने लायन्स क्लब र सदस्यहरुलाई सम्मान गर्दै उनीहरूको सक्रियता, नेतृत्व क्षमता र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको उच्च मुल्याङ्गन गरिएको थियो।

कार्यक्रमको क्रममा सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर बालाराम भट्टराई ले सेवा, नेतृत्व र एकताको माध्यमबाट समाज रूपान्तरण सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले स्थानीय स्तरमा गरिएका साना तर निरन्तर प्रयासहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रभाव पार्ने बताए र क्लबहरूलाई दिगो, पारदर्शी र परिणाममुखी काम गर्न प्रेरित गर्नुभयो।त्यसैगरी प्रमुख अतिथि लायन इन्जिनियर सञ्जय खेतान ले संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण र मानवीय सेवाका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय आवश्यकतामा आधारित कार्यक्रमहरूले राष्ट्रिय स्तरमा सकारात्मक छवि निर्माण गरेको र ती कार्यहरू अन्तर्राष्ट्रिय स्तरमा उदाहरणीय बन्दै गएको बताए।

कार्यक्रममा अन्य अतिथिहरूमा Multiple District LCIF Coordinator, PDG Lion अरुण प्रताप राना, IPDG Lion पुरुषोत्तम भक्त प्रधानाङ्ग, 1ª VDG Lion सन्दीप कसौधन, 2nd VDG Lion मीना पन्थी, Multiple District Youth Camp Chairperson PDG Lion अनुप कुमार पहारी, PMCC Lion सुनील ओझा, PDG Lion अर्जुन मान सैजु, PDG Lion नवराज न्यौपाने र PDG Lion महेन्द्र नारायण श्रेष्ठ रहेका थिए। कार्यक्रम सञ्चालनको जिम्मेवारी डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन एम. एल. पाण्डे ले निर्वाह गर्नुभएको थियो।

कार्यक्रमको मुख्य आकर्षणहरूमध्ये लायन्स क्लोथ एण्ड फूड बैंक को सहभागीता विशेष रूपमा उल्लेखनीय रह्यो। यस मार्फत गरिएका सेवाहरूले विपन्न वर्गका व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग गर्नुका साथै समाजमा मानवीय भावनाको सन्देश प्रवाह गरिरहेको छ। यसले नेपालको स्तरमै मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि लायन्सको योगदान र प्रभावलाई उजागर गरेको छ।

यस्ता क्याबिनेट मिटिङहरु प्रत्येक तीन महिनामा आयोजना हुने गर्दछन। यसले संगठनभित्र मूल्याङ्गन, समन्वय र उत्तरदायित्व अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। तीन महिनामा एकपटक हुने बैठकले योजनाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापन सत्रमा डिस्ट्रिक्ट गभर्नर बालाराम भट्टराई र प्रमुख अतिथि सञ्जय खेतान ले संयुक्त रूपमा संगठनले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्दै आएका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सबै क्लब र सदस्यहरूलाई आह्वान गर्नुभयो।

समग्रमा, रुपन्देही एरिया-५ द्वारा आयोजित यो थर्ड डिस्ट्रिक्ट क्याविनेट मिटिङ ले संगठनात्मक एकता, सेवामूलक प्रतिबद्धता र स्पष्ट कार्यदिशालाई थप सुदृद्ध बनाएको छ। कार्यक्रमले सहभागीहरूमा नयां ऊर्जा, उत्साह र जिम्मेवारीबोध थप्दै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लायन्सको योगदानलाई प्रष्ट पार्ने काम गरेको आयोजकहरूले बताए।

८०० भन्दा वढी सहभागी, पत्रकार, समाजसेवी, बुद्धिजीवी र क्लब सदस्यहरूको उपस्थिति र समर्पित नेतृत्वले सम्पन्न यस कार्यक्रमले लायन्सका सेवामूलक पहलहरूमा प्रेरणादायी प्रभाव राख्ने निश्चित छ

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर