spot_img

रुपन्देही–३ मा स्वतन्त्र उम्मेदवार साहद्वारा एमाले उम्मेदवार घिमिरेलाई समर्थन

रुपन्देही–३ मा स्वतन्त्र उम्मेदवार साहद्वारा एमाले उम्मेदवार घिमिरेलाई समर्थन
भैरहवा, माघ २० । रुपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मोहम्मद मुर्तजा साहले नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गरेको घोषणा गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शंखे किरा चुनाव चिन्ह लिएर चुनावी अभियानमा रहेका साहले प्रेस विज्ञप्ति जारी गर्दै घिमिरेको नेतृत्वमा रुपन्देही क्षेत्र नं. ३ को समृद्धि सम्भव रहेको निष्कर्षमा पुगेको बताएका हुन् । विज्ञप्तिमा उनले तिलोत्तमा नगरपालिकाको प्रथम नगर प्रमुख तथा संघीय सांसदका रूपमा घिमिरेले निर्वाह गरेको भूमिकाबाट प्रभावित भएको उल्लेख गरेका छन् । उनले आफ्ना समर्थक र शुभेच्छुक मतदातालाई एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न हार्दिक आह्वान गरेका छन् । साह सिद्धार्थनगर–११, रुपन्देही निवासी हुन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर