आज बुटवलमा उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङ आउने कार्यक्रम तय भएको छ। रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार इन्जिनियर सुरज पाण्डेले उक्त जानकारी दिनु भएको हो। उहाँका अनुसार आज दिउँसो ठीक २ बजे बुटवलको ट्राफिक चोकमा विशेष कार्यक्रम आयोजना गरिनेछ, जहाँ संयोजक घिसिङले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
उम्मेदवार पाण्डेले बताउनु भएअनुसार कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। उज्यालो नेपाल पार्टीले सुशासन, पारदर्शिता र विकासलाई मुख्य एजेन्डा बनाउँदै आएको सन्दर्भमा संयोजक घिसिङको उपस्थिति विशेष अर्थपूर्ण हुने बताइएको छ।
इन्जिनियर सुरज पाण्डेले रुपन्देही क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहनु भएको छ। उहाँले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहनु भएको छ।
आजको कार्यक्रममा उज्यालो नेपाल पार्टीको भावी योजना, राष्ट्रिय राजनीति तथा रुपन्देही क्षेत्र नम्बर २ को विकासका सम्भावनाबारे स्पष्ट धारणा सार्वजनिक गरिने जनाइएको छ। ट्राफिक चोक क्षेत्रमा सुरक्षा तथा व्यवस्थापनको तयारी समेत गरिएको आयोजक पक्षले जनाएको छ।
स्थानीयवासी तथा समर्थकहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरिएको छ। चुनावी माहोल तातेको अवस्थामा शीर्ष नेतृत्वको आगमनले क्षेत्रीय राजनीति थप सक्रिय र चलायमान बन्ने अपेक्षा गरिएको छ।
बुटवलमा दिउसो २ बजे कुलमान घिसिङ आउदै
प्रतिक्रिया



