सिद्धार्थ स्काउट ट्रुपद्वारा कुकिङ प्रतियोगिता सम्पन्न, सहभागीलाई कुकिङ ब्याज वितरण
श्री सिद्धार्थ मेमोरियल एकेडेमी, सैनामैना–८ रामापुरमा अवस्थित सिद्धार्थ स्काउट ट्रुपद्वारा आयोजित कुकिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी स्काउटरहरूले आफ्ना सिर्जनात्मक क्षमता, अनुशासन तथा समूहगत सहकार्य प्रदर्शन गर्दै विभिन्न परिकार तयार पारेका थिए।
आज आयोजित विशेष कार्यक्रममा विद्यालयका स्काउट संरक्षक तथा प्राचार्य श्री भोजराज पौड्यालले प्रतियोगितामा सहभागी स्काउटरहरूलाई कुकिङ ब्याज वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले स्काउट गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, आत्मनिर्भरता तथा सेवा भावको विकास गर्ने बताउनुभयो। साथै उहाँले जिम्मेवारीपूर्ण नेतृत्व र व्यवस्थापनका कारण स्काउट कार्यक्रम सञ्चालन अझ व्यवस्थित र प्रभावकारी भएकोमा जोड दिनुभयो।
विद्यालयमा सञ्चालन भइरहेका यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा सहभागी सम्पूर्ण स्काउटरहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ।
सैनामैना सिद्धार्थ स्काउट ट्रुपद्वारा कुकिङ प्रतियोगिता सम्पन्न, सहभागीलाई कुकिङ ब्याज वितरण
प्रतिक्रिया



