बुटवलमा स्र्टर्टप सहित डिजिटल लुम्बिनी संवाद

बुटवल। बुटवलमा स्र्टर्टप सहित डिजिटल लुम्बिनी संवाद सम्पन्न भएको छ ।
नयाँ युवाहरुलाई प्रविधिमा उद्यमशील बनाउने लक्ष्यसहित डिजिटल नेपालको अवधारणामा तीनै तहका सरकारले कसरी काम गर्नुपर्छ र के कस्ता काम भैरहेका छन् भन्ने बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया समेत गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले डिजिटल लुम्बिनी प्रदेशको सपना ढिलो चाडो पुरा हुने बताए । उनले प्रदेशले आफ्नै डाटा सेन्टर, ब्रोड व्याण्ड स्थापनाको गर्ने योजना रहेको जानकारी गराए । उनले यसको लाग प्रदेश सूचना प्रविधि प्रतिष्ठान समेत स्थापना गरी आईसीटि पार्कलगायतका योजना सुरुवात गरेको बताए । बोल्दै मन्त्री शर्माले ढिलो चाडो डिजिटलाईजेसनको विकल्प नभएको भन्दै यसमा विस्तारै सरकार अभ्यस्तै हुँदै जाने बताए ।
आईसिटि फाउन्डेसनको आयोजनामा बुटवलमा भएको कार्यक्रममा नेपथ्य कलेज बुटवलका प्रिन्सीपल सन्जीव भण्डारीले ‘ई गर्भननेस, सार्वजनिक सेवा अपेक्षा वास्तविकता र सुझावको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष बाम देव क्षेत्री, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना प्रविधि विज्ञ रेग बहादुर भण्डारी, देवदह नगरपालिका का प्रमुख हिरा बहादुर खत्री, रुपन्देहीका आईटी व्यवसायी दुर्गा प्रसाद पाण्डे, पलिया टेक्नोलोजीका को फाउन्डर आयुश कसजु लगायतले ‘डिजिटल लुम्बिनी संवाद–डिजिटल नेपालको संभावना’ विषयमा समुहगत छलफल गरेका थिए ।

कार्यक्रममा आईसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्साल, क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतम, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु लगायतले आ आफ्नो भनाई राखेका थिए । यस अघि नवप्रवद्र्धन युक्त युवाहरुले एग्जिव्युसन समेत गरेका थिए । विभिन्न स्टलहरु राखिएको सो प्रर्दशनीमा नयाँ युवाहरुलाई उद्यमशीलता तर्फ उन्मुख बनाउने गरी उत्प्रेरणामुलक कार्यशाला समेत गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर