रुपन्देहीमा नेमकिपाको कार्यकर्ता तथा प्रशिक्षण भेला

१८ चैत्र,बुटवल
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले सैद्धान्तिक र वैचारिक विषयमा युवा विद्यार्थीहरुलाई प्रशिक्षित पार्नुपर्नेमा जोड दिनुभयो ।
शनिबार नेपाल मजदुर किसान पार्टी रुपन्देहीद्वारा तिलोत्तमामा आयोजित प्रशिक्षणात्मक कार्यकर्ता भेलामा केन्द्रीय सदस्य महर्जनले सैद्धान्तिक रुपमा प्रष्ट नभएकै कारण कम्युनिष्ट भन्नेहरुले सरकारी उद्योगहरु निजीकरण गरिरहेको र भारतीय एकाधिकार पुँजी तथा संरा अमेरिका साम्राज्यवादको ताबेदारी गरिरहेको बताउनु भयो ।
“पुँजीवादी व्यवस्था र पुँजीवादी पार्टीहरुले कामदार वर्गको सेवा नगर्ने स्पष्ट पार्दै केन्द्रीय सदस्य महर्जनले पु“जीवादी बन्दोबस्तमा सरकारमा जो कोही पनि पुँजीपति वर्गकै हितमा काम गर्न बाध्य हुन्छन” भन्नुभयो । नेपाली शासक दलहरुले नेपालमा युवाहरु नै नराख्ने नीति लिएको चर्चा गर्दै केन्द्रीय सदस्य महर्जनले डा रामशरण महतको पालामा प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २०० जना वैदेशिक रोजगारमा पठाउने बजेटमै व्यवस्था गरेको उल्लेख गर्नुभयो । अनुदानको लागि नक्कली काम देखाएर शासक दलका कार्यकर्ताहरुले राष्ट्रिय ढिकुटी दुरुपयोग गरी ब्रम्हलुट मचाइरहेको बताउँदै केन्द्रीय सदस्य महर्जनले भारतीय एकाधिकार पुँजीको चाहना अनुसार नेपाललाई उनीहरुको बजार मात्र बनाइरहेको छ भन्नुभयो ।
नेपाली शासक दलहरुको बैठक चल्दाचल्दै विस्तारवादी भारत र साम्राज्यवादी संरा अमेरिकाको राजदुतावासमा फोन गर्ने गरेको उदाहरण दिंदै केन्द्रीय सदस्य महर्जनले भारतीय दुतावासको सङ्केतबिना नेपालमा सरकार परिवर्तन हुने अवस्था छैन भन्नुभयो । राजनीति भनेको दुई चार जना आसेपासेको फाइदाको निम्ति होइन, जनताको सेवा गर्न र देशको स्वाधिनताको लागि लड्न हुनुपर्ने स्पष्ट पार्दै केन्द्रीय सदस्य महर्जनले कामदार वर्गका कार्यकर्ताहरु जति बढी सक्रिय र सुदृढ हुन्छन् देशको सुन्दर भविष्य त्यति नै नजिक हुन्छ भन्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले वैदेशिक रोजगारीमा जाने ९० प्रतिशत युवाहरुले जोखिमयुक्त काम गर्न बाध्यत्मक अवस्था रहेको चर्चा गर्दै विदेशी पुँजीको गुलामी गर्ने शासकहरुको शासनसत्ता रहेसम्म नेपालमा रोजगारीको सुनिश्चितता हुँदैन भन्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति तयार भएको अवस्थामा क्रान्ति अवश्यम्भावी रहेको बताउँदै केन्द्रीय अध्यक्ष बाटाले देशको परिस्थितिबाट युवाहरु निराश हुने होइन क्रान्तिको निम्ति जागरुक र जुझारु हुुनुपर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीको अध्यक्षतामा सम्पन्न भेलामा हिमलाल पाण्डे, जगिलाल थापा, सुशीला पौडेल, सुग्रिम साहनी लगायतले मन्तव्य व्यक्त गनुभयो ।
भेलाले हरिसुन्दुर वासीको अध्यक्षतामा नेपाल मजदुर किसान पार्टी रुपन्देही जिल्ला समिति पुनः गठन ग¥यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर