रोटरीको बैठकमा क्लासिफिकेशन,

बुटवल । रोटरी क्लव अफ बुटवलको १४०९ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।
बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा व्यवसायी एवं शेयर बजारबारे जानकार नारायण भण्डारीको क्लासिफिकेशन रहेको थियो ।
त्यस अवसरमा आफ्नो धारणा राख्दै भण्डारीले आफ्नो व्यावसायिक सफलताबारे जानकारी दिंदै शेयर बजारको बारेमा आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।
शेयर बजार घट्यो भनेर नियामक निकायलाई गाली गर्नुभन्दा लगानी गर्दा नै विचार पु¥याउनुपर्ने उनले बताए । उनले नराम्रो ‘पोर्टफोलियो’ भएका कम्पनीले शेयर बजार उचालेका कारण आज घट्नुलाई स्वाभाविक भएको बताए । राम्रा कम्पनीमा लगानीकर्ता आएर बजार माथि पुगेको भए यो अवस्था नआउने पनि उनको भनाई छ ।
बैठकमा रोटरीयनहरु थानेश्वर पौडेल, प्रज्वल थान्जु, लेखनाथ भुसाल, विरेन्द्र रानालगायतले पनि आ आफ्नो धारणा राखेका थिए ।
त्यस्तै बैठकमा कार्यबाहक सचिव रोम शर्माले झापाको धुलावारीमा भएको डिष्टिक कन्फ्रेन्स र त्यहाँ आयोजित १४०८ औं नियमित बैठकका बारेमा जानकारी गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर