रोटरीद्धारा आम्दा अस्पतालमा अक्सिजन प्लान्टको निरीक्षण

बुटवल । रोटरी क्लव अफ बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल) मा स्थापना गरिएको अक्सिजन जेनरेशन प्लाण्टको निरीक्षण गरेको छ । क्लवको १४ सय १३ औं बैठकको अवसर पारेर क्लवका पदाधिकारी तथा सदस्यहरुले शनिबार अक्सिजन प्लान्टको निरीक्षण गरका हुन् ।

आम्दा अस्पतालमा गत वर्षको असारमा क्लवले ५५ लाख रुपियाँ लागतमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरेको थियो । प्लान्टको निरीक्षण गर्दै क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन, यसको सञ्चालन प्रक्रिया र विभिन्न प्राविधिक विषयका बारेमा जानकारी लिएका थिए ।

त्यस्तै क्लवका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनामा रोटरीयनबाट प्राप्त सहयोगबारे जानकारी गराउँदै सामाजिक काममा रोटरीयनहरु निरन्तर सक्रिय भएको बताए ।

उनले शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रले रोटरीयनले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै यसमा यस्ता काममा सहयोग गर्नेहरुलाई क्लवले सधै सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले रोटरीले स्थापना गरेको अक्सिजन जेनरेशन प्लान्टबाट बिरामीहरुले सेवा लिइरहेको बताए । रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको थियो ।

कोभिड १९ को तेस्रो भरियन्ट आउने चर्चा चलिरहेको र यसले बालबालिका सहित सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।

कार्यक्रममा रोटरीयनहरु खिमनारायण पराजुली, ताराप्रसाद भट्टराई, इन्द्रप्रसाद भुसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री लिला गिरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर रोटरीले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण र उदाहरणीय काम गरेको बताए ।

प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले अक्सिजन प्लान्ट नहुँदा अस्स्पताल र बिरामीका आफन्तले समेत निकै सास्ती खेप्नुपरेको उल्लेख गर्दै अक्सिजन प्लान्ट स्थापनाले अब बिरामीले सहजरुपमा उपचार पाउने बताए ।

क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमा पनि पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेको क्लबका सचिव रोम शर्माले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर