समाजवादमा मात्र श्रमजीवी महिलाको मुक्ति हुने

कैलाली
नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दानेलनको इतिहासबारे जानकारी दिँदै श्रमजीवी महिलाको मुक्ति समाजवादी व्यवस्थाले मात्र गर्नसक्छ भन्नुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले समाजमा श्रमजीवी वर्गका महिलाहरूले वर्गीय भेद थाहा पाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्ताले गाउँगाउँमा गएर श्रमिकवर्गलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामी, नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावल, नेक्राशिसङ्घ कैलाली अध्यक्ष गुप्तबहादुर शाही, प्रेम बडुवाल, हिक्मत भण्डारीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. थपालिपुर एकाइ समितिको आयोजनामा शुक्रबार विद्यार्थी भेला भयो ।
भेलामा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा लक्ष्मी पुन, हिक्मत भण्डारी, कमल प्याकुरेल र सुविस्ता हमालले पनि बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर