ईलाका प्रहरी कार्यालाय रुद्रपुरलाई सार्वजनिक स्थानमा राखिएका सिसि क्यामेरा हस्तान्तरण

१३ फागुन, कञ्चन/जगीलाल थापा
रुपन्देहीको कञ्चन गाउपालिकाको बार्षिक योजना अन्तर्गत निर्माण गरि कञ्चनका सार्वजनिक स्थानहरुमा राखिएका सि सि क्यामेरा ईलाका प्रहरी कार्यालय रुद्रपुरलाई हस्तान्तरण गरिएको छ।
कञ्चनले कञ्चनको शान्ती सुरक्षा र अपराधिक कृयाकलापको न्युनिकरणका लागि बिभिन्न सार्वजनिक स्थानमा १७ वटा सि सि क्यामेरा जडान गरेको थियो।
ईलाका प्रहरी कार्यालय रुद्रपुरलाई सिसि क्यामेरा हस्तान्तरण गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको शान्ती सुरक्षा तथा अमन चयनका लागि सहज बनाउने उद्धेश्यका साथ कञ्चनका मुख्य बजार क्षेत्र, चोकहरुमा जडान गरिएका सि सि क्यामेराको अपनत्वको जिम्मेवारी प्रहरी प्रशासनलाई दिइएको भएपनि त्यसको उपयोग र संरक्षण सबैको दायित्व बरोबर हुने बताउनु भयो। सि सि क्यामेराको जडान पछि कञ्चन र कञ्चनको बाटो प्रयोग गरेर हुन सक्ने अपराधिक कृयाकलापहरुको निगरानी गर्न सहज हुने र कथमकदाचित हुने अबैध कृयाकलापहरुको समयमै अनुसन्धान गर्न पनि सहयोग पुग्ने अध्यक्ष ढकालले बिश्वास ब्यक्त गर्नु भयो।
गाउँपालिकाले हात्ती बजार, शान्तीचोक, लौसा, बेलभरिया, मटेरिया, कञ्चन पुल, हरैया बजार, प्रतापपुर, थकालीचोक, गरगरे, दियो बजार, पिपरीचापा, घनश्यामचोकमा गरी १७ वटा सि सि क्यामेरा जडान गरिएको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले जानकारी दिनु भएको छ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुरका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर र प्रमुख प्रशासकिय अधिकृत सागर गौतमबाट संयुक्त रुपमा सि सि क्यामेरा ग्रहण गर्नु भएको थियो। गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकाका बिषयगत शाखाका शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर