भैरहवा, २१ कार्तिक। लुम्बिनी प्रदेश सरकारका पुर्ब मन्त्री कल्पना पान्डेले लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) परित्याग गरेकी छिन ।
लुम्बिनी प्रदेश सरकारका पुर्ब उद्योग, बन तथा बाताबरण मन्त्री कल्पना पान्डे सोमबार भैरहवामा पत्रकारसंग कुरा गर्दै लोसपा पार्टीमा ब्यक्तिबादी हाबि भएका कारण पार्टी परित्याग गरेको बताइन ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा राप्रपाका वरिष्ठ नेता तथा रूपन्देही ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक बोहरा, जसपाका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य ३ ख का उम्मेदवार तुल्सि चौधरीलाई समर्थन गर्ने बताइन् ।
२०७२ साल देखि राजपा, जसपा र हाल लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) मा सकृय पान्डे जिबिएस रोगबाट पीडित हुंदा पार्टीले कारबाही गरेको सांसद पद खारेज भए पनि सर्बोच्च अदालतमा मुद्दा बिचाराधिन भएको बताउंदै ३ दलिय उम्मेदवारलाई जिताउन आफु लाग्ने पान्डेले बताइन ।