एमालेले मात्र अव्यवस्थित, भूमिहीन, सुकुम्बासी समस्या समाधान गर्न सक्छ: ढकाल

  1. कार्तिक २१ रुपन्देही। नेकपा एमालेले मात्र अव्यवस्थित बासोबास, भूमिहीन, सुकुम्बासी समस्य समाधान गर्न सक्ने रूपन्देही क्षेत्र नं. ५ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले बताउनु भएको छ । नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

केपी ओलीको सरकारले अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्बासी समस्या समधानका लागि काम गरिरहेको बेला सरकार ढालिएको कारण सो काम हुन नसकेको उहाँले बताउनु भयो । उहाँले भन्नूभयो हामीले ७० प्रतिशत भन्दा बढी काम गरेका थियौं तर हाम्रो सरकार ढलेपछि सुकुम्बासी आयोग पनि बिगठन गरियो भूमिहीन सुकुम्बासीहरूलाई जग्गा धनीको मालिक हुनबाट रोकियो चुनाव पछि हाम्रो सरकार बन्छ हामी जनताका समस्या समाधन गर्छौं । अव्यवस्थित, भूमिहिन,सुकुम्बासी समस्याको समाधान चुनाव पछि एमालेको सरकारले गर्ने उहाँले दावी गर्नु भयो।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन,खानेपानि, सिंचाई लगाएत विकासका कार्य देखिने गरि गरिएको र अझ सुधारका लागि योजनाबद्ध तरिकाले गरिने उहाँको भनाई छ।गठबन्धनको सरकारले जनतालाई ढाँट्ने काम बहेक अरू केही नगरेको समेत उहाँले आरोप लगाउनु भयो । अहिले हेर्नुस् महंगी बढेको छ, बैंकमा ऋण पाईदैना, गठबन्धन सरकारको गलत नीतिका कारण अर्थतन्त्र डमाडोल छ उहाँले भन्नुभयो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर