रूपन्देहीको क्षेत्र नं. ५ को विकास लुम्बिनी संग जोडेर गरिने: घिमिरे

कार्तिक २१,रुपन्देही। रूपन्देहीको क्षेत्र नं. ५ को विकास लुम्बिनी संग जोडेर गरिने तिलोत्तमा नगरपालिकाका पूर्व मेयर तथा रूपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले बताउनु भएको छ ।

रूपन्देहीको सैनामैनामा आयोजित एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।लुम्बिनीमा मात्र हैन अब गैडहवा, कञ्चन र सैनामैनामा पनि हामी पर्यटक भित्राउने गरि पर्यटन विकासका कार्य गर्छौं उहाँले भन्नूभयो ।

लुम्बिनी परिसरको विकासले मात्र पर्यटन क्षेत्रको विकास हुन नसक्ने उहाँको भनाईछ। लुम्बिनीमा पर्यटकहरू आउँछन् फर्किन्छन् तर हामी लुम्बिनी संग जोडेर यस क्षेत्रको पर्यटन विकास गर्छौं, जसले पर्यटन व्यवसाय, होटेल व्यवसाय कलासंस्कृतिको पनि प्रवर्द्धन हुन्छ । २-४ दिन पर्यटक बस्ने गरि हामी यो क्षेत्रको विकास गर्छौ उहाँले भन्नुभयो ।

यस क्षेत्रमा रहेका गैडहवा ताल, दानापुर ताल, सिमसार क्षेत्र, मलमला क्षेत्र समथर तराई देखि चुरेपहाड सम्म विकास गरिने उहाँले बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर