बुटवलको मुख्य बजारमा भोट माग्दै भोजप्रसाद श्रेष्ठ

बुटवल, कार्तिक २५ । बुटवलको मुख्य बजार अमरपथ, राम मन्दिरलाइन, हाटबजार, नेपालगन्ज रोड लगायतमा व्यापारीक क्षेत्रमा भोट माग्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठ घरघरमा पुगेका छन् ।

मुख्य बजारका प्रायः मतदातासंग दोहोरो चिनजान भएका श्रेष्ठ घरघरमा आउँदा व्यापारीहरुले पछिल्लो दुई वर्ष सरकारको अपरिपक्व नीतिको कारण आफुहरुको व्यापार सिथिल भएको बताए । प्रदेश राजधानीका कारण पनि आफुहरु थप समस्यामा परेको बताए । व्यापारीको समस्याबारे आफू जानकार भएको बताउँदै श्रेष्ठले भने (गठबन्धन सरकारको कारण मूल्य बृद्धि भयो, राष्ट्रहित बिरुद्ध गतिविधि बढेको, राज्यलाई कर तिर्ने व्यवसायी मर्कामा परे, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश पाए र दलाललाई पोस्ने कर तिर्ने लाई सेक्ने काम भयो, जनतालाई अप्ठ्यारोमा राखेर देश बर्वादी बनाउने छुट कसैलाई छैन् ।

प्रदेश राजधानी जहाँ गएको छ, त्यो कुनै अमिट छैन, ढुङ्गामा लेखिएको दस्तावेज होइन, जनताको माग र आवश्यकता अनुसार, सबै हिसाबले केन्द्र हुने ठाउँ बुटवलमा ल्याउन हिजो सदन र सडकमा आफुले नेतृत्व गरेको र आज पनि आफू सोही पक्षमा रहेको बताउँदै श्रेष्ठले आर्थिक हिसाबले बुटवल केन्द्रको रुपमा स्थापित भैसकेकोले कसैले सार्न नसक्ने बताए ।

बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगर प्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु, आफुले जनताको हितको पक्षमा धेरै काम गरेको र अब पाँच वर्षमा के गर्ने भन्ने प्रतिबद्धतापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको श्रेष्ठले बताए । निस्शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारी बृद्धि, गरिबी नियन्त्रण, भ्रष्टाचार विरोधी अभियान लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् । घरमै पुगेका श्रेष्ठलाई मतदाताले आशिर्वाद दिदै भन्छन् (ूहामी काम गर्नेलाई भोट दिन्छौं, तपाईं काम गर्ने मान्छे हो तपाईंले गरेका काम प्रति हामी परिचित छौँ, राजधानीको विषयमा सदनमा बोलेको सुनेका हौँ ।

यसैबीच बुटवल ८ को युवा भेलालाई सम्बोधन गर्दै श्रेष्ठले आजका युवा भोलीको राष्ट्र निर्माता भएको बताउँदै सचेत युवा राष्ट्र र राष्ट्रियताको पक्षमा एकजुट हुनुपर्ने बताए । अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा विशेषगरी युवामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए । लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर