न्यानो कपडा तथा अन्य सामाग्री हस्तान्तरण

मङ्सिर २४ कपिलवस्तु। क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ मधौली निवासी ८५ बर्षिय आशक्त ,बयोवृद्ध एवं एकल महिला मोति थारु लाई ११ हजार बराबरको न्यानो कपडा साथै अन्य सामग्री हस्तान्तरण गरेको छ ।                                                                                अन्तरास्ट्रिय सामाजिक सस्था, स्वार्थ भन्दा माथी सेवा भन्ने मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै सामाजिक एवम् मानविय कार्य गर्दै आइरहेको रोटरी इन्टरनेस्नलको अभिन्न अङ्गको रुपमा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले यस क्षेत्रमा विभिन्न मानवीय कार्य गर्दै आइरहेको छ । ८५ बर्षिय बयोवृद्ध एकल महिलाको मलिन चेहरामा मुस्कान ल्याउनको निम्ति क्लवमा कृयासिल रोटरीयनहरुले सामाग्रीहरु सौजन्य गरेका थिय ।                                                                हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष रो. मोहन बेल्बासे, निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रो.माधब भाट , सचिव रो.कान्ता गहतराज,सर्जन एट आम्स रो.हेमन्त थापा , सीता भाट क्षेत्री स्थानीय सामाजिक व्याक्तित्व बिष्णु के.सि. लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर