बालबालिका संरक्षणको बर्तमान अबस्था र सरोकार वालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुष ८ तिलोत्तमा। तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा बाल संरक्षणको बर्तमान अबस्था र सरोकार वालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बालहेल्प लाइन नेपालको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कानुन मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवाली, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक राजकुमार थापा, तिलोत्तमा नगरपालिकाका भुपति ज्ञावाली, माइति नेपाल प्रमुख माया क्षेत्री, बालबालिका खोजतलास शाखा १०४ प्रमुख तुल बहादुर क्षेत्रि, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रका कार्यक्रम सहायक रीता भुषाल, नगर बाल सञ्जाल अध्यक्ष स्नेहा पौडेल लगायतको सहभागितामा भएको कार्यक्रममा उपसचिव खिमानन्द ज्ञवालीले बाल संरक्षणका निम्ति कानुनी जटिलता तथा बाल समस्या समाधानका निम्ति गम्भीर रुपमा लाग्नुपर्ने बताउनुभयो ।

बालहेल्प लाइन रुपन्देहीशाखा प्रमुख विष्णु पौडेलको सञ्चालनमा बालबालिका माथि हुने हििंसा  , बेचविखन, श्रम वा यौन शोषण हेला ,विभेद, इन्टरनेट अनलाइनबाट हुने दुव्र्यवहार , मनोसामाजिक पीडाबाट कसरी बालबालिकालाई जोगाउने भन्ने विषयमा केन्द्रित कार्यक्रमको बालहेल्प लाइन नेपाल काठमाण्डौका प्रमुख सागर भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर