नेपाली काँग्रेस लुम्बिनी प्रदेशको गम्भीर असन्तुष्टी

बुटवल, ११ पुस। नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गम्भीर असन्तुष्टी प्रकट गरेको छ । देशको ठूलो दल भएर पनि पार्टी यो अवस्थामा पुग्नुमा शिर्श नेतृत्वकै कमजोरी रहेको नेपाली काँग्रेस लुम्बिनी प्रदेशको निष्कर्ष छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समिति बैठकले नेतृत्वले कमजोरी स्वीकार्नुपर्ने निष्कर्ष समेत निकालेको छ । प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गहन छलफल गरेको कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ ।

नेपाली कांग्रेस नेतृत्वको अदुरदर्शीताका कारण पार्टी राष्ट्रको बागडोर सम्हाल्ने अवसरबाट समेत बन्चित भएको काँग्रेस लुम्बिनी प्रदेशको ठहर छ । नेपाली कांग्रेस प्रदेश सभापति पुनले जनताले दिएको कार्यभर र जनभावना बमोजिम अहिले नेतृत्व चल्न नसकेको बताए ।

उनले अहिलेको सरकार जनादेश विपरित बनेको र यसले नागरिकको आकांक्षा पुरा गर्न नसक्ने पनि दाबी गरेका छन् । बैठकले पार्टी सहमहामन्त्री विष्णु मुस्कान संयोजक रहने गरी महेन्द्र पाण्डे र रिना नेपाल सदस्य रहेको तीन संसदीय दलको विधान निर्माण उपसमिति बनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर