१४ औ कपिलवस्तु महोत्सवका लागि निमन्त्रणा कार्ड हस्तान्तरण

माघ २४, कपिलवस्तु। उद्योग व्यापार सङ्घ कपिलबस्तुले १३ औं कपिलबस्तु महोत्सबको अवसरमा सम्पुर्ण स्टलहरुको अनुगमन गर्दै निमन्त्रणा कार्ड हस्तान्तरण गरेको छ ।

’राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मुल नाराका साथ संचालन हुने १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगीक पर्दशनी २०८० कालागि सहभागिता हुन सम्पूर्णमा निमन्त्रणा गरेको छ ।

कपिलवस्तुको पहिचानको रुपमा रहेको कपिलवस्तु महोत्सव कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ स्थित बुद्ध रंगशालामा संचालन भैरहेको अवसरमा महोत्सव स्टलका व्यापारीहरुलाई उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिल को संयोजकत्वमा स्टलका सम्पूर्ण व्यापारीहरुलाई निमन्त्रणा दिईएको हो ।

संघ को नबौ बैठक ले तय गरे अनुसार संघले आउँदो वर्ष अर्थात २०८० साल मंसिर ८ गते देखि १९ गते सम्म बुद्ध रंगशाला जितपुरमा आयोजना गरिने भन्दै उद्योग व्यापार संघले अहिले देखि नै राय सुझाव लिंदै आएको संघका अध्यक्ष खिमानन्द पौडेल ९कोपिल० ले बताउनु भयो ।

निर्धारित समयमा हामिले कसरी महोत्सब सम्पन्न गर्ने भन्ने बिषयमा ध्यान केन्द्रित गर्नुपर्ने छ । सबैका राय सुझाब लिदै अहिलेदेखी नै तयारी गर्न सकियो भने सबैलाइ समेट्न सकिने उद्योग व्यापार संघको भनाई छ । सबैले आआफ्नो राय सुझाब दिनुहुन पनि उद्योग व्यापार सङ्घ कपिलबस्तु सबैसङ्ग अनुरोध गर्दछ । महोत्सब लाई ब्यबस्थित एबम सफल बनाउन केके कुरामा ध्यान दिनु आबस्यक छ सो सम्बन्धमा सबैको राय सुझाब सल्लाह सहयोग साथ र सहकार्यको अपेक्षा उद्योग व्यापार संघ कपिलवस्तुका संरक्षक समेत रहनु भयेका नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय सचिबालय सदस्य टोपनारायण बेल्बासे को भनाइ रहेको छ ।

हामी सङ्ग महोत्सव संचालन का धेरै अनुभव भयेका साथिहरुको टिम छ , हामी महोत्सव लाई पृथक एबम कपिलवस्तु को पहिचान को रुपमा अगाडि बढाउन सम्पुर्ण ब्याबसायिक संघ सस्था , स्थानिय सरकार , प्रदेश सरकार तथा केन्द्रिय सरकार सङ्ग समेत सहकार्य गर्दै महोत्सव को आयोजना गर्ने छौ , महोत्सव हामी सबैको हो भन्ने गराउनेमा बिस्वस्त छौ , नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय सदस्य समेत रहनु भयेका निबर्तमान अध्यक्ष हुमनाथ पौडेल को भनाइ छ ।
भर्खरै मात्र प्रथम अधिबेशन गरेको उद्योग ब्यापार संघ कपिलवस्तु जिल्ला स्तरिय ब्याबसायिक सस्था हो , करिब ४०० सदस्य रहेको सस्थामा विभिन्न सस्थामा लामो अनुभव भयेका ब्याबसायिहरुको टिम रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर