फागुन २४, तिलोत्तमा। सुनौलो लालिगुराँस आमा समूहले ११३औं नारि दिवस विविध कार्यक्रम गरि मनाएको छ। सुनौलो लालिगुराँस आमा समूह तिलोत्तमा १४ टिकुलिगढको आयोजना तथा टिकुलिगढ युवा कल्बको व्यवस्थापनमा ११३औं अन्तरास्ट्रिय नारि दिवसको अवसरमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
समूहका अध्यक्ष सरस्वति पुनको अध्यक्षता तिलोत्तमा नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चम्चा दौड प्रतियोगिता, कुर्चि दौड प्रतियोगिता र घैटोफोर प्रतियोगिता सम्पन्न भएको हो ।
सरस्वति पुनको स्वागत र शान्ति पुनकोे सञ्चानमा सम्पन्न कार्यक्रममा विशिस्ट अतिथि तिलोत्तमा कार्यपालिका सदस्य रबि सेन्चुरि, वडा नम्बर१४ का पवर्ब अध्यक्ष सोहन प्रसाद थारु,वडा सन्जाल संयोजक देब बहादुर बगाले, बाल मैत्री संयोजक सन्तोशि गुरुङ, प्रहरि चौकि चिल्हिया प्रमुख प्रकाश शाही,टिकुलिगड युवा कल्बका अध्यक्ष बिजय गुरुङ लगायतको उपस्थिति रहेको थियो ।