चैत्र, ०६ कञ्चन । रुपन्देहीको कञ्चन गाँउपालिका ३ हरैयामा रहेको हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी नतिजा सार्वजनिक भएको छ ।
जसमा एमाले सम्बद्ध अनेरास्ववियु, जनमत विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानलबाट सभापति पदमा २२२ मत ल्याएर प्रदिप शर्मा बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी नेपाल बिधार्थी संघका सुनिल रानाले १९९ मत प्राप्त गरी हार ब्योहोर्नुभएको छ ।
यस्तै संयुक्त प्यानलकै अनिलकुमार गुप्ता सचिव पदमा २२० मत ल्याएर बिजयी हुदाँ उहाँका प्रतिष्पर्धी नेविसंघका रुपेशु कमार यादवले १९९ मत प्राप्त गर्नुभएको छ । संयुक्त प्यानलबाटै कोषाध्यक्षमा जिवनकुमार धवलले २२१ मत ल्याई बिजयी हुनभएको छ भने नेविसंघकी रेखा प्रजापतीले २०८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
यस्तै सदस्य पदमा भने मिश्रीत परिणाम आएको छ । सदस्यमा संयुक्त प्यानलबाट सुभम शर्मा २२९, अविनाश क्षेत्री २३२ र निशा कुवरले २२० मत ल्याएर बिजयी हुनभएको छ भने नेविसंघबाट खमबहादुर घर्तीमगर २०७, प्रियंका केसी २०७, सुनिता विक २०९ ल्याएर पराजित भएका छन ।
यता संयुक्त प्यानलका दिपेन्द्र यादव २१४ मत ल्याएर पराजित हुदाँ नेविसंघका नेविसंघका ईरफान चुरियारले मत ल्याएर २२० बिजयी हुनुभएको छ । यस्तै समिर क्षेत्रीले २३६ मत प्राप्त गरी बिजयी हुनु भएको छ । नेविसंघ कै ईरफान चुरियारले पनि २२० मत प्राप्त गरी सदस्यमा बिजयी हुनुभएको छ ।
संयुक्त प्यानलका अभय कुमार धवलले सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएपछि ७ जनाको मात्रै उम्मेद्वारी रहेको थियो । यस्तै प्रगतीशिल विद्यार्थी संगठनबाट सभापतिमा उम्मेद्वारी दिएकी माया थापाको १२ मत आएको छ भने सचिव पदकी मनिसा आचार्यको १५ मत आएको छ ।
जम्मा ५१६ जना विध्यार्थी मतदाता रहेकामा ४४८ अर्थात ८६।८२ प्रतिशत मत खसेको थियो । विहान ७ बजेबाट सुरु भएको मतदानमा ३०४ महिला र १४४ पुरुष गरि ४४८ जनाले मतदान गरेका थिए ।