नारायण पोख्रेल रामापुर क्याम्पसमा स्ववियु सभापतिमा नेविसंघका मनोज बेल्बासे विजयी

चैत्र, ०६ सैनामैना । स्ववियु निर्वाचन अन्तर्गत सहिद नारायण पोख्रेल रामापुर क्याम्पस कलौनी रुपन्देहीमा स्ववियु सभापतिमा नेविसंघका मनोज बेल्बासे विजयी भएका छन ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार नेविसंघका बेल्वासेले ४ सय ६४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिसपर्धी अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार सुमित सापकोटाले ४ सय १ मत ल्याएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका शिव न्यौपानेले ४४४ मत प्राप्त गर्दै विजयी भएका छन । न्यौपानेका निकटतम प्रतिसपर्धी नेविसंंघबाट चुनाव लडेका अखिल क्रान्तिकारीका नारायण न्यौपानेले ४११ मत प्राप्त गरेका छन ।

त्यस्तै कोषध्यक्षमा नेविसंघका मौसम थापामगरले ४३२ मत प्राप्त गरेर निर्वाचित भएका छन । उनका निकटतम प्रतिसपर्धी अनेरास्ववियुकी शारदा चालिसेले ४१७ मत प्राप्त गरेकी छन । सदस्यमा नेविसंघकाबाट चुनाव लडेका विजय चौधरी, उमेश कुमार यादव, सुभास पाण्डे, विमला थारु, शिला वस्याल, पुर्नाकुमारी पुन र अनेरास्ववियु बाट मेलिना पुलामी निर्वाचित भएका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर