मञ्जु
सर्वहारावर्गका महिलाहरूले आफ्नो वर्गका पुरूषहरूको हातमा हात मिलाएर पुँजीवादी समाज र बन्दोबस्तविरुद्ध लड्नुपर्छ, तव महिलाहरूको मुक्ति सम्भव हुन्छ । समाजवादको विकासबिना श्रमिक महिलाहरूको अवस्थामा सुधार हुँदैन यो भनाइ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय महिला आन्दोलनका नेतृ क्लारा जेटकिनको हो । सन् १९१० मा डेनमार्कको कोपनहेगनमा श्रमिक महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । विभिन्न मजदुर सङ्गठन र समाजवादी पार्टीका श्रमिक महिलाहरूको प्रतिनिधित्व गर्दै सहभागी भएको सो सम्मेलनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्यान्डमा श्रमिक महिला दिवस मनाइएको थियो ।
हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइन थालेको ११० वर्ष भन्दा बढी भयो । तर, श्रमिक महिलाहरूको हकहित र अधिकार एवम् महिला आन्दोलनबारे केही प्रकाशन, सामाजिक सञ्जाल र वेभसाइटहरूबाहेक मूलधार भनिएका पत्रपत्रिकाहरूले यसको समाचार सम्प्रेषणमा प्राथमिकता दिएको देखिँदैन । मार्च ८ को दिनलाई महिलाको त्याग र समाजप्रतिको योगदानको आदर, सम्मान र प्रशंसा गर्ने दिनको रूपमा लिइन्छ ।
नेपालमा पनि हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । यस वर्ष नेपाल सरकारले ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’भन्ने नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले फागुन २५ गते अन्तर्राष्ट्रिय महिला दिवस मनाउन, सामाजिक चेतना जगाउन विभिन्न सन्देशमूलक सूचना सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली श्रमिक महिला एवम् लक्षित वर्गसम्म पु¥याउन कार्यक्रम गरिरहनुपर्छ । एकातिर श्रमिक महिलाहरू दिनभरि पसिना बगाउँदै आफ्ना आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेका हुन्छन् भने अर्कोतिर सरकार औपचारिकतामा श्रमिक महिला दिवस मनाएर सञ्चार माध्यमहरूमा महिला दिवसको चर्चा गरिरहेका हुन्छन् । ती शोषितपीडित, गरिब श्रमिक महिलाहरूमा महिला दिवसबारे जानकार हुँदैन या उनीहरू अनभिज्ञ हुन्छन् युवाहरू आफ्नो रोजीरोटीको लागि बिदेसिनुपर्ने बाध्यता छ । आफ्ना लालाबाला हुर्काउन र घरेलु काममा व्यस्त ग्रामीण भेगका महिलाहरूलाई के थाहा महिला दिवसबारे ।
उच्च शिक्षा हासिल गर्न सहरमा बसाइँसराइ गरेका ती युवाहरू आफ्नो रोजीरोटीको लागि दिउँसो काम गर्ने, गिट्टी, ढुङ्गा बोक्ने, बालुवा बोक्ने, राति भोजस्थलहरूमा काम गर्ने र बिहान कक्षा ११, १२ पढ्न बाध्य ती विद्यार्थीहरूलाई सोध्नुस्, श्रमिक महिला दिवस भनेको के भनेर ? हातमा ठेला उठाई काम गरेका विकट ग्रामीण भेगमा महिला जसले आधारभूत शिक्षा पनि पाउन सकेका छैनन् ती महिलाहरूलाई के थाहा महिला दिवसको बारेमा ?
वषौँसम्म महिलाको ल ागि केही लक्षित योजना कार्यान्वयन नहुने र नगर्ने तर एक दिन महिला दिवस मनाएर महिलाहरूको सम्मान र आदरको कुराले नेपाली समाजका महिलाहरूको अवस्थालाई सुधार्न सकिँदैन । समाजमा महिलालाई सामाजिक दृष्टिकोण र मान्यताका कारण न्यून मूल्याङ्कन गर्ने अवस्था विद्यमान नै छ ।
२० औँ शताब्दीको पहिलो दशकमा भएको समाजवादी आन्दोलनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवधारणा विकास गरेअनुसार संसारमा र कामदार महिलाको योगदानप्रति कदर गर्नुका साथै कामदार महिलाका मागलाई लिएर थालनी भएको महिला आन्दोलनलाई उचाइमा पु¥याउने कार्यमा विश्व महिला मुक्तिका आवाज लिएर पहिलोपटक आन्दोलनमा आउने महिला नेतृ एवम् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका संस्थापक क्लारा जेटकिन र संसारका कामदारवर्गका महिलाको निम्ति प्ररेणाकी स्रोत जेनी माक्र्स हुन् । कमैया मुक्ति आन्दोलनकी नेतृ एवम् स्वतन्त्रता सेनानी थेरियट टबम्यान , बन्दुक समातेर देश बचाउन लाग्ने निडर, साहसी, बहादुरी महिला रुसकी सान, मान र गरिमा जोया कस्मोदिम्यानस्काया, समाजवादी नेतृ नादेज्दा क्रुप्सकाया, क्रान्तिकारी महिला नेतृ रोजा लक्जेम्बर्ग, महिलाहरूको भोट राख्ने अधिकारको निम्ति सङ्घर्ष गर्ने नेतृ सिल्भिया, पानख्रुस्ट, अन्तर्राष्ट्रवादी पत्रकार अन्ना लुइस स्ट्रङ जसले संसारलाई अमेरिकी आणविक आतङ्कबाट मुक्ति दिलाउन माओ त्सेतुङको सन्देश विश्वसामु पु¥याउने कार्य गरिन् । महिला समानता, सामन्ती शोषण र युद्ध सरदारहरूको अत्याचारको विरोधमा आवाज बुलन्द गर्ने चिनियाँ कम्युनिस्ट पार्टीका प्रथम महिला सदस्य शियाङ चिङयु, महिला मुक्ति र बालबालिकाको अधिकार रक्षाको लागि लड्ने समाजवादी गणतन्त्र क्युवाकी नायिका भिल्मा एस्पिन गुइलोइस, अँगोलाकी क्रान्तिकारी नेतृ सीता बायसलगायतका धेरै महिलाहरूले संसारका महिलाहरूको हक, अधिकार सुनिश्चित गर्न र स्वतन्त्रताका लागि सङ्घर्ष गरे । यसको फलस्वरुप आज महिलाहरूले राजनीतिक हक, अधिकार र स्वतन्त्रतापूर्वक काम गरिबस्ने अवस्था सृजना भएको छ । संसारका महिलाहरूले आफनो । योग्यता र क्षमताअनुसार काम गर्ने अवसर, दक्षता प्रदर्शन गर्ने, राजनीतिक अधिकारलगायत लैङ्गिक समानता, आर्थिक अवस्थामा सुधार, शैक्षिक स्तरमा वृद्धि हुँदै गइरहेको अवस्था छ । हरेक कार्यमा पुरुषको तुलनामा महिलाहरू अग्रसर भइरहेको जनसाङ्ख्यिक तथाङ्कले पनि स्पष्ट पारेको छ । वि.सं. २०७८ को जनगणनाको तथ्याङ्कअनुसार नेपालको साक्षरता प्रतिशत ७६.३ र पुरुषको साक्षरता प्रतिशत ८३.६ रहेको छ । महिलाको साक्षरता ६९.४ प्रतिशत रहेको छ । यसरी क्रमशः बढेको महिला साक्षरता प्रतिशतले सामाजिक समस्या समाधानमा निकै महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली समाजमा चेतनाको स्तर पनि बिस्तारै बढेको छ , महिला सशक्तीकरण मानव अधिकार, बालअधिकार, समानता र समताको चर्चा बृहत् रूपमा हुन थाले पनि महिला र पुरुषबिच विभेद, जातीय विभेद, लैङ्गिकता विभेद, महिला हिङ्सा, घरेलु हिङ्सा, यौन अपराध, बलात्कारजस्ता आपराधिक गतिविधिहरू दिनदिनै बढिरहेका छन् । गरिबी र आर्थिक अवस्था कमजोर भएर लाखौँ बालबालिकाहरू माध्यमिक शिक्षा पनि पूरा गर्न नपाई नजिकको राष्ट्रहरूमा महिला मजदुर र ज्यालादारी काम गर्नु बाध्य छन् । उनीहरु घरेलु हिङ्सा एवं बहुपत्नी प्रथाका शिकार भइरहेका छन् । महिला सुरक्षाको स्थिति कमजोर छ ।
नेतृत्व तहमा महिलाहरू पुगे पनि नीतिगतरूपमा परिवर्तन नहुँदा महिलाहरूले आफ्ना स्वतन्त्रताका कुराहरू गरिरहन्छन् । राजनीतिक भागबन्डामा पदीय बाँडफाँडले गर्दा महिला अधिकारकर्मीहरू ल्न्इक्, क्ष्ल्न्इक् को पछि लागिरहने अवस्थाले गर्दा बहुसङ्ख्यक गरीब महिलाहरूको अवस्थामा सुधार हुन सकिरहेका छैनन् । त्यसैले पुँजीवादी व्यवस्थामा गरीब किसान, मजदुर र महिलाहरूको चरम शोषण हुने भएकोले अधिक महिलाहरूको हक र अधिकार सुनिश्चितताको लागि समाजवादी व्यवस्थाको बन्दोबस्तको लागि सङ्घर्ष गर्नु आवश्यक छ ।
महिलाहरूलाई शैक्षिकलगायत राजनीतिक चेतनास्तर बढाउन आवश्यक छ । वर्गीय पहिचानसहित सङ्घर्ष गर्न साङ्गठनिकरूपमा गोलबन्द हुनु जरुरी छ । महिलालाई आरक्षण होइन उनीहरू प्रतिस्पर्धा गर्न सक्षम छन् भनी महिला आरक्षण होइन आफैँ लड्न सक्ने र सक्षम बनाउन महिलाहरू स्वयम् अग्रसर भई अघि बढ्नुपर्छ । सामाजिक, आर्थिक तथा शैक्षिकलगायत राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिलाहरूलाई राजनीतिक चेतना दिनु आवश्यक छ ।