बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को वडाअध्यक्षका लागि एमालेले अध्यक्षमा तीनजनाको नाम सिफारिश गरेको छ ।
वडा कमिटी इन्जार्च केशवराज पन्थी, घनश्याम चापागाईं र पवित्रा श्रेष्ठको नाम एमालेले सिफारिश गरेको हो । त्यसैगरी महिला सदस्यमा पुनम लिगल, बसन्ती भुसाल र लक्ष्मी गैरेको नाम सिफारिश गरिएको छ भने दलित महिला सदस्यमा सुमित्रा बिक, सीता दमाई आशिना गहतराजलाई सिफारिश गरिएको छ ।
त्यसैगरी खुल्ला सदस्यमा एमालेले पुर्ण बहादुर गुरुङ, गणेश बहादुर क्षेत्री, गोपाल श्रेष्ठ, बिनोदराज पौडेल, जानकी नेपाल र लक्ष्मी भट्टराईको नाम सिफारिश गरिएको छ ।