एमाले तिलोत्तमाका तीन वडामा सर्वसम्मत उम्मेद्धारहरु चयन

तिलोत्तमा । नेकपा एमाले तिलोत्तमा नगरपालिका अन्तरगतका तीन वटा वडामा सर्वसम्मत उम्मेद्धार छनोट भएका छन् । तिलोत्तमा वडा नं. ९, १५ र १६ मा सर्वसम्मत उम्मेद्धारा चयन भएको नेकपा एमाले नगर सचिव मिन प्रसाद पोखरेलले जनाकारी दिए । उनका अनुसार वडा नम्वर १७ मा पनि अध्यक्षमा सर्वसम्मत भएको छ । वडा नम्वर १७ को अध्यक्षमा लोकनाथ पाण्डे उम्मेद्धार भएका छन् ।

वडा नम्वर ९ मा बाबुराम भण्डारी अध्यक्षमा सर्वसम्मत भएका छन् । खुल्ला महिला सदस्यमा तारा राना गुरुङ, दलित महिला सदस्य तारा सुनार, खुला सदस्यमा गोविन्द (लव्सन) गुरुङ र कमल शर्मा रेग्मी चयन भएका छन् ।

त्यस्तै वडा नम्वर १५ को अध्यक्षमा खेमराज गुरुङ, खुला महिला सदस्यमा क्षितिजा पौडेल क्षेत्री, दलित महिला सदस्यमा कल्पना भण्डारी पासी, खुला सदस्यमा घनश्याम थापा र शरद प्रसाद चौधरी चयन भएका छन् ।
एमाले तिलोत्तमा वडा नम्वर १६ मा पनि सर्वसम्मत उम्मेद्धारी टुङगीएको छ । केशव चौधरीको अध्यक्षतामा उमा थापा खन्गाहा खुला महिला सदस्य, दलित महिला सदस्यमा अनितादेवि विक र खुला सदस्यमा बालकृष्ण बस्याल र महेश बहादुर कुँवर सर्वसम्मत उम्मेद्धार चयन भएका हुन् ।

अन्य वडाहरुमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भैरहेको नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेले बताए । ‘हामीमा विवाद हुँदैन् । ठूलो संगठनात्मक पार्टीमा नेतृत्वमा इच्छा राख्नु स्वभाविक र लोकतान्त्रिक पद्धति नै हो । सवैलाई न्याय हुने गरी पार्टीले मिलाउने छ ।’ उनले भने ।

‘हामीमा विवाद हुँदैन् । ठूलो संगठनात्मक पार्टीमा नेतृत्वमा इच्छा राख्नु स्वभाविक र लोकतान्त्रिक पद्धति नै हो । सवैलाई न्याय हुने गरी पार्टीले मिलाउने छ ।’

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर