तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–२ भेटनरी लाइनमा बुधबार राती अमृता खत्री टण्डनको रहस्यमय मृत्युको विषयलाई अखिल नेपाल महिला संघ, तिलोत्तमा नगर कमिटीले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका नगर अध्यक्ष कमला ज्ञवालीले आइतवार एक विज्ञप्ति जारी गर्दै २९ वर्षीया अमृताको मृत्युले अनेमसंघ दुःखी र स्तब्ध भएको बताउनुभएको छ । साथै उक्त घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासन समक्ष अनेमसंघ नगर कमिटीले माग गरेको छ ।
‘समाजमा घट्ने यस्ता प्रकारका लैगिंक हिंसा तथा अन्य कुनै पनि घट्ना हामीलाई स्वीकार्य हुन् सक्दैन । सामाजिक सद्भावमा खलल् पार्ने गरी कुनै पनि तत्व सकृय हुनु घातक विषय हो । यसरी लैगिंक हिंसाजन्य घट्नाको घोर भ्रत्र्सना गर्दछौँ, विज्ञप्तीमा भनिएको छ, ‘घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न तथा पीडितलाई न्याय दिलाउन अनेमसंघ तिलोत्तमा नगर समिति प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछ ।’
टन्डनको गत चैत्र ३० बुधवार रहस्यमय तरिकाले मृत्यु भएको थियो ।