स्थानीय तह निर्वाचन २०७९ मा भागलिने जनप्रतिनिधिअरुले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आचारसंहिताविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदन खारेज गरेको हो।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चैत ७ गते सर्वोच्चमा दायर गर्नुभएको रिट निवेदन । न्यायाधीशद्वय केसी र श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो। स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था यथावत रहने भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अध्यक्ष र मेयरले उपाध्यक्ष र उपमेयरलाई र उपाध्यक्ष र उपमेयरले अध्यक्ष र मेयरलाई राजीनामा दिनुपर्ने व्यवस्था छ ।

