अब चुनावअघि मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने

काठमाडौँ । निर्वाचन आयोगले अब स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने प्रस्ट पारेको छ । आयोगले वैशाख ३० गते शुक्रबार निर्वाचन हुने गरी सरकारले मिति घोषणा गरेपछि आयोगले त्यस्तो कार्य स्थगित गरेको भन्दै अब यही निर्वाचनका लागि मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने प्रस्ट पारेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै नामावलीमा अब थपघट नहुने बताएका हुन् । आयोगले गत चैत्र १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो ।
आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पुन मतदाता नामावली संकलन र अद्यावधिक कार्य सञ्चालन गरिने जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको निर्वाचन कार्यक्रम आइतरबारदेखि अघि बढ्नेछ । आयोगका अनुसार आइतबार र सोमबार देशभर एकसाथ उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर