प्रशासनिक भवनमा अस्पताल : कांग्रेसको ‘भद्दा मजाक’

तिलोत्तमा । नेपाली कांग्रेस तिलोत्तमा नगरपालिकाले प्रचारमा ‘निकृष्ट’ शैली अलवम्बन गरेको पाइएको छ ।

नेपाली कांग्रेस तिलोत्तमा नगरसमितिले प्रकाशन गरेको प्रतिवद्धता पत्रमा प्रशासनिक भवनलाई अस्पतालमा परिणत गर्ने उल्लेग गरेर ‘भद्दा मजाक’मा उत्रीएको हो ।

अस्पतालका लागि भवन निर्माण गर्दा मापदण्ड पुरा गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तिलोत्तमा नगरपालिकामा हाल निर्माण भएको भनवमा अस्पताल संचालन गर्न उपयुत्त र व्यवहारिक नहुने विज्ञहरु बताउँछन् । ‘अस्पताल भनव बनाउदा सोही अनुरुपको मापदण्ड अवलम्बन गर्नु पर्छ । प्रशासन संचालनका लागि तयार गरेको भवनमा अस्पताल संचालन गर्न सकिदैन्, डा. सन्तोष भूषाल भन्छन्,’अस्पताल संचालन गरेर मात्र हुँदैन मापदण्ड पनि पुग्नु पर्छ ।’

पाँच वर्षको समयावधीमा नगरपालिककाले सबै वडाहरुमा स्वास्थ्य संस्था संचालन गरिसकेको छ भने तीन वटा नगर अस्पतालहरुको शिलन्यास समेत भइ काम अघि बढाइ सकेको छ । ‘हामी स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।  सोही अनुरुप काम भइरहेको छ । हाल ७ वटा स्वास्थ्य चौकी, १० वटा आधारभूत स्वास्थ्य संस्था, एउटा आयुर्वेदिक ‌ अस्पताल, एउटा बर्थिङ सेन्टर संचालनमा छन् । स्वीकृत तीन वटा अस्पताल मध्ये दुइवटा त निर्माणाधीन अवस्थामा छन् । नगरपालिकको प्रशासनिक भवनमा कसरी अस्पताल संचालन हुने हो ?  यो विषय कताबाट आयो त्यस विषयमा जानकारी भएन ।’  तिलोत्तमा नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्री बताउँछन् ।

आफ्नै नेतृत्वको अस्पतालको ‘विजोग’ :

तिलोत्तमा १७ मा रहेको बीपी ग्राम स्वास्थ्य उपचार केन्द्रको करोडौंको सम्पत्ति उपयोग विहीन अवस्थामा छ । नेपाली कांग्रेसका नेताहरुले नेतृत्व लिएको तिलोत्तमा वडा नम्वर १७ मा रहेको भवन भूत ‘बंगला’ जस्तै बनेको छ । २०५९ माघ २८ गते नेपाल सरकारको जग्गामा जापान सरकारको सहयोगमा विपी ग्राम सेवा केन्द्रद्वारा उपचार केन्द्र निर्माण भएको थियो । पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेपालका लागि जापानी राजदूत जेन्जी कामीनागाको उपस्थितिमा उद्घाटन गरि सेवा सुरु भएको ग्राममा  सेवा सुरु भएको ५ वर्षमै अस्पताल बन्द भएको हो । गुठी मार्फत संचालनमा रहेको र आफ्नै नेताको नाममा रहेको अस्पतालको अवस्था दयानीय छ त्यसमाथि प्रशासनिक भवनमा अस्पताल बनाउँछु भन्नु मजाग बाहेक केही नहुने स्थानीय हरि भण्डारी बताउँछन् ।

नगरपालिकामा निर्माणाधीन अस्पतालहरू :

हाल तिलोत्तमा नगरपालिकामा दुई वटा १५/१५ शैयाका अस्पताल शिलन्यास गरी काम सुरु भैरहेको छ,  भने एउटा १५ शैयाको अस्पतालका लागि स्वीकृति प्रात्त गरी प्रकृया अघि बढेको छ । तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टा र वडा नं. १७ गंगोलियामा अस्पतालको भवन निर्माणको काम भैरहेको छ ।  वडा नम्वर १० सेमरा बजारमा १५ सैयाको अस्पतालका लागि स्वीकृति प्रात्त गरी प्रकृया अघि बढेको छ । हाल रोटरी क्लव सँगको सहकार्यमा सेमरा बजार स्वास्थ्य चौकीमा प्रसुति सेवाकेन्द्र समेत संचालनमा छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार तिलोत्तमामाको आनन्दवन अस्पतालको तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर