रामकृष्ण खाँण : तिलोत्तमाका ‘टुरिष्ट’ उम्मेदवार !

तिलोत्तमा । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गर्यो । जनमुक्ति पार्टी रुख चिन्ह लिएरै चुनावमा भयो । २०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन तिलोत्तमामा विजयी हुनेमा ढुक्क थियो । किनकी उसले आसपासमा अन्य राजनीतिक दलसँग गठबन्धन गरेकोमा तिलोत्तमामा बलियो मानिएको जनमुक्तिसँग गठबन्धन गरेको थियो ।
नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणका सहोदर भाई रामकृष्ण खाँण नगर प्रमुख पदको उम्मेदवार थिए । काँग्रेसले तिलोत्तमालाई आफ्नो प्रतिष्ठा बनाएको थियो । सबै शक्ति तिलोत्तमामैं लगाएको थियो । तर, नतिजा उल्टो आयो । नगर प्रमुख, उपप्रमुख सहित १३ वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भए । अनपेक्षित हार व्यहोरेपछि उम्मेदवार खाँणले मतगणना स्थलमा बबाल समेत मच्चाएका थिए ।
चुनाव सकियो । नयाँ जनप्रतिनिधिहरुले काम गर्न थाले । तिलोत्तमाले विभिन्न रचनातक कार्यक्रम गरिरह्यो । महत्वपूर्ण कार्यक्रमहरुमा नगरपालिकाले नगर प्रमुखका प्रत्याशी खाँणलाई अतिथिको रुपमा बोलाइरह्यो । तर, खाँण नगरपालिकाले बोलाएका कुनै कार्यक्रममा सहभागी भएनन् । नगरपालिकाले नीति निर्माण, योजना निर्माण, बजेट छलफललगायतका सबै कार्यक्रमहरुमा सबै राजनीतिक दलहरुलाई सहभागी गरायो । तर, नेता खाँण फर्किएर नगरपालिका गएनन् । काँग्रेसको तर्फबाट नगर सभापति हरिलाल पाण्डेयसहितका अन्य नेताहरु कार्यक्रमहरुमा सहभागी भए ।
खाँणमा रहेको अहंताको कारण उनी कहिल्यै नगरपालिकाको कार्यक्रममा सहभागी नभएको काँग्रेसकैं नेताहरु बताउँछन् । उनले नगरपालिकाले अघि सारेका राम्रा काममा भाँजो हाल्न बाहिरबाटै मान्छे उचाले । तर, सार्वजनिक फोरममा सहभागी भएनन् । यसले उनको कुण्ठालाई स्पष्ट पार्ने काँग्रेसकैं कतिपय नेताहरु बताउँछन् । नेता खाँण बुटवलमा बस्छन् । अघिल्लो निर्वाचनमा उम्मेदवार बन्दा उनलाई पार्टीकैं नेताहरुले टुरिष्ट उम्मेदवारको संज्ञा दिँदै सार्वजनिक रुपमैं अभिव्यक्ति दिएका थिए । अहिले पनि काँग्रेसका कतिपयले तिलोत्तमामा हुने पार्टीका कार्यक्रममा समेत उनले समय नदिने गरेको बताउँछन् ।
उम्मेदवार खाँण तिलोत्तमा नगरपालिकामा कहाँ के भएको छ भन्ने बारेमा समेत जानकार छैनन् । नगरका गतिविधिहरुमा सहभागी नभएकोले तिलोत्तमामा के के काम भैरहेको छ भन्ने बारेमा उनलाई खास जानकारी नभएको हुन सक्ने काँग्रेसकैं कार्यकर्ताहरु बताउँछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर