बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी नेपालीहरुका लागि लाभदायक भएको बताएका छन् ।
त्यसमा पनि सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने बताए । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले समयको माग अनुरुप एमसीसी पास गरिएको बताए ।
उनले एमसीसीले नेपालको भाैतिक विकासमा ठूलाे अर्थ राख्ने समेत बताए ।