बुटवल । ‘प्रिय…….कुशल छु ,सपरिवार कुशल हुनुहुन्छ भन्नेकामनागर्दछु’ बुटवल उपमहानगरपालिकानगर प्रमुखपदकाउम्मेदवार बाबुराम भट्टराईको चिठ्ठी पढेर दीपनगरका कमलबहादुर थापाभावुकभए । २०४६ साल अघिदेखि संगै राजनीति गरेका सहकर्मीबाबुरामका हस्तलिखित अक्षर उनले सजिलै चिने । ‘चिठ्ठीमा लेखिएको सम्बोधन र ब्यहोराले बाबुरामप्रतिमाया र सम्मानमात्रै बढेन भूमिगतकालको स्मरण भयो’ —थापाले भने ।
‘हामी पुरानाजमानाका मान्छे, भूमिगतकालमा यसरी पत्र पठाउने र जवाफ कुरेर बस्ने प्रचलनथियो,यस्ता चिठ्ठी देखेपछि त्यहीबेलाको याद आउंछ’—उनले भने ।
भूमिगतकालमाविशेष राजनीतिक योगदान पुर्याएकाबाबुराम भट्टराइले आफ्नै हातले लेखेको पत्रअहिलेचर्चामा छ । उनले लेखेको यो पत्रआममतदाताले मन पराएका छन् । भट्टराइले सहकर्मी र आफन्तलाई अलग–अलग सम्वोधन गरेको पत्र पठाएका छन् । उनले सहकर्मीहरुलाई ‘प्रिय…’र आफन्ततथाआममतदातालाई ‘श्री…साइनो अनुसारको ढोग तथानमस्ते’ लेखेका छन् ।
उनले आफ्नो पत्रमा ‘हाम्रो बटौलीलाई तपाई हामीले सोंचे जस्तो सुन्दर,शान्त,हराभरा र ब्यवस्थितशहर बनाउने तपाई र हाम्रो चाहना पुरा गर्न यसपटक सुर्य चिन्हलिएर उम्मेदवारी दिएको छु’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् । बच्चै देखि बुटवलको मुटुमा बसेर यो शहरलाई राम्रोसंग चिनेका कारण केहीगर्न सक्छु भन्ने लागेको उल्लेख गर्दै यो छोटो अवधिमा राम्रोसंग भेटघाट र कुराकानीहुननपाएकाले यही चिठ्ठीमार्फत साइनो गांस्दै म र मेरो सम्पूर्ण टिमलाई अमूल्यमतदिनुहुन अनुरोध गर्दछु भनेका छन् ।
भट्टराइले लेखेको उक्त चिठ्ठी नेकपाएमाले नगर कमिटीले प्रत्येक मतदाताका घरमा पुर्याउंदै छ । मंगलवार सांझ सम्म सवै मतदाताका घरमापत्र पठाइसक्ने योजना रहेको एमाले बुटवल नगर अध्यक्षकिशन ज्ञवालीले बताउनुभयो ।
‘आधुनिकजमानामापनिउम्मेदवारले आफ्नै हातले लेखेको चिठ्ठी पाएपछि मतदातालाई मन छोएको महसुस गरेका छौं’—अध्यक्ष ज्ञवालीले भने । बुटवलका पुरानाब्यवसायीभट्टराईले ३२ सालदेखि औषधिब्यवसायगर्दै आएकाथिए । उनी स्वास्थ्यकर्मी समेत थिए । भूमिगतकालमाउनका घरमामदन भण्डारी,जीवराजआश्रित, केपीशर्मा ओली,बामदेव गौतम लगायतका नेताहरुले आश्रय लिन्थे । बिपन्न,गरिब तथाअसहायहरुको उपचारमा सहयोग गर्दै आएका भट्टराइलाई बुटवलका ब्यवसायिले सहयोग गर्ने प्रतिबद्धता जनाउंदै आएका छन् ।
हाते चिठ्ठी