तिलोत्तमामा गठबन्धनद्धारा महिला नेतृत्वको उपेक्षा : एमालेकी जागेस्वरी, सिङ्गाे महिलाको नेतृत्व

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा मुख्य राजनीतिक दलहरु सम्मेलित गठबन्धनले महिला सहभागितालाई उपेक्षा गरिरहेका बेला तलोत्तमामा सिंगो महिलाको नेतृत्व गर्दै जागेश्वरी चौधरी चुनावी पर्तिसपर्धामा उत्रीएकी छन् ।

नेकपा एमाललेका तर्फबाट उपप्रमुखमा उम्द्धार बनेकी चौधरी पाँच वर्ष तिलोत्तमा नगरपालिकाको नेतृत्व समेत गरेकी थिइन । तिलोत्तमा नगरपालिकालाई दुइ पटक सम्म उत्कृष्ट नगरपालिका बनाउन सफल भएकी चौधरीको उम्द्धारीले सिंगो महिलाहरुको अर्थपूर्ण सहभागिता देखिएको स्थानीय पार्वता केसीको बुझाइ छ । ‘, उनले भनिनन् ।

कम बोल्ने, काममा खरो उत्रने स्वाभावकी चौधरीले शुसासन महिला नेतृत्वले काम गर्न सक्छ भन्ने गर्विलो उदाहरण हो तिलोत्तमा । गठबन्धन दलहरुले महिलाहरुमाथि उपेक्षा गरेका छन् । त्यसको जवाफ जागेश्वरीले दिनुहुनेछ ।’र न्यायका लागि धेरै काम गरेकी छन् । तिलोत्तमामा न्यायिक समितिमा रहेर कुशलतापूर्वक काम गरेको उनीसँग अनुभव छ । सरल जीवन शैली, बोल्ड निर्णय गर्न सक्ने क्षमता, कडा मेहेनत तथा सकृय सहभागिता उनका उपनाम बनेका छन् । देश भर गठकन्धन दलका कारण संविधान तथा कानूनले दिएको महिला सहभागिताको उपहास भैरहेको छ । नेतृत्वमा फरक लिंगको सहभागिता कानूनले नै सुनिश्चित गरेको छ । कानूनी व्यवस्था अनुसार एउटै दलको प्रमुख र उपप्रमुख भएमा फरक लिंगको अनिवार्य सहभागिता हुनुपर्छ । तर गठबन्धनका कारण फरक दल भए पछि प्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेद्धार हावी देखिएका छन् ।

नेकपा एमालले पुनः उपप्रमुखको रुपमा चौधरीलाई अघि सारे पछि कानूनको कार्यन्यनमा एमाले सकारात्मक देखिएको कानूनका जानकार बताउँछन् । ‘गठकन्धनका कारण महिला सहभागिता कानूनले दिए भन्दा निकै कम भएको छ । यो संविधान र कानून माथि कै उपहास हो, अधिवक्ता थानेश्वर महत भन्छन्, ‘गठबन्धनबाट पुरुष हावी हुने देखिएको छ ।’ थारु समुदायबाट उठेकी महिला नेता चौधरी समग्र महिलाहरुको नेतृत्व भएको एमालेको बुझाइ छ । ‘गठबन्धन दलले महिला नेतृत्वको उपेक्षा गरेको छ । हामी त्यसमा सचेत छौँ । तिलोत्तमामा सबै महिलाहरुको प्रतिनिधिका रुपमा चौधरी हुनुहुन्छ,’ तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेयले भने, ‘मतदाताले कुरा बुझ्नुभएकै छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर