देवदहमा नेकपा (एमाले)का ध्रुव खरेल नगरप्रमुखमा निर्वाचित

देवदह । रुपन्देहीको देवदह नगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का ध्रुव खरेल निर्वाचित भएका छन्।  एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार खरेलले गठबन्धनका उम्मेदवार हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरे ।

खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत प्राप्त गरे । खरेलसंग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन्। २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६४९४मतान्तरले पराजित गरेकी छन्।

४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७ सय ८४ मत पाउदा गिरीले ७ हजार दुई सय ९० मत पाईन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर