तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने प्रकृयामा

कपिलबस्तु । आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सूचीकृत गर्ने गरी प्रक्रिया अघि बढेसँगै तिलौराकाेट समेत विश्व सम्पदा सूचीमा समावेश हुन भएको हो ।

पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए ।विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए ।

तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाडि बढ्ने छ ।

तिलौराकोटको डिजाइन र डकुमेन्ट्री बनाउने काम भइरहेकोले अबको २ वर्ष भित्रमा काम पूरा हुने र सन् २०२४ मा विश्व सम्पदा सूचिमा सुचिकृत हुने लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानिन राईले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर