रुपन्देही ३ मा आचारसंहिता उल्लघन प्रचारप्रसारमा बालिकाको प्रयोग, व्यानर र बाजा गाजा सहित प्रचार

भैरहवा, निर्वाचन आयोगले निर्वाचन आचार संहिता उलङ्घन गर्ने कसैलाई छुट नहुने भनिरहदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारंसहिता विपरितका निर्वाचन प्रचार प्रसार कार्यालयमा बालिकाको प्रयोग भएको पाइएको छ ।

उम्मेदवारले आचारसंहितामा रही निर्वाचनको गतिविधी गर्ने भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिबद्धता जनाएपनि बहालवाला गृहमन्त्रीनै आचारसंहिता विपरित बालिकालाई प्रचार प्रसार कार्यालयको उद्घाटनमा प्रयोग गरेका छन । ५ दलिय गठबन्धनले मंगलबार निर्वाचन क्षेत्र नम्बर अन्तगर्त सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ७ को प्रचार प्रसार कार्यालय उद्घाटनमा कक्षा ६ मा पढ्ने एक बालिकालाई झण्डा सहित नृत्यमा प्रयोग गरेका छन ।

स्थानीय सनसाइन स्कुलमा अध्ययनरत ती बालिकाले गृहमन्त्री प्रमुख अतिथी रहेको उन्कै कार्यक्रममा नेपाली कांग्रेस जिन्दावाद नामक गितमा रुख चिन्ह अंकित झण्डा सहित नृत्य गरेकी छन । ५ दलिय गठबन्धन र राष्ट्रिय जनमुक्ती पार्टीको समर्थनमा रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभामा नेपाली कांग्रेसबाट बहालावाल गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा क्षेत्र नम्बर ३ एक बाट लोसपाका सन्तोस पाण्डे निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ खण्ड ट मा राजनीतिक दल, उम्मेदवार दलको भातृ संडगठन तथा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार , आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने र खण्ड घ मा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा दलको उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित बोक्न नहुने भनिएपनि गृहमन्त्री नै सामेल भएको उनकै क्षेत्रको कार्यक्रममा बालिकाले झण्डा सहित नेपाली कांग्रेस जिन्दावाद भन्दै नृत्य गरेकी छन ।

यस्तै ५ दलिय गठबन्धनकै उम्मेदवारले निर्वाचन आचार संहिता विपरित गाडीमा उम्मेदवारको फोटोसहितको व्यानर लगाई साउन्ड बाजा सहित प्रचारप्रसारमा रहेका छन । परिच्छेद ४ को खण्ड १३ ण मा प्रचार प्रसारमा बाजा, गाजा सहित जान नहुने उल्लेख छ तर उम्मेदवारले सोहीलाई प्रयोग गरी प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै हिडेका छन जो आचारसंहिता बाहिर गएर प्रचार प्रसार भएको छ ।

यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार राउत र सलाउद्दीन आलम, स्वतन्त्र उम्मेदवार केशव विक्रम खडका, स्वतन्त्र उम्मेदवार इशरत अलीले पनि आचारसंहिता विपरित पोल र भित्तामा पोस्टर÷व्यानर लगाएका छन, आचारसंहिताको परिच्छेद ४ दफा १३ को खण्ड ज मा निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान र सडकको पोलमा दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टास्न पाइदैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका प्रवक्ता शोभाकर खरेलले आचारसंहिताको उल्लघन भए लिखित उजुरी प्रमाणका साथ गर्न सकिने व्यवस्था छ, हामीसँग अहिले सम्म लिखित उजुरी आएको छैन आएमा आयोग पाउने व्यवस्था छ ।
यता निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णु प्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गरे भनेर रोहिणी गाँउपािलका विरुद्ध लिखित उजुरी परेको छ, हामीले पनि गाँउपलिकालाई कुस्तीको विषयमा लिखित स्पष्टीकरण सोधेका छौ, आयोगलाई जानकारी पनि भइसकेको उनले भने ।

त्यस्तै हिजो बालिकाको प्रयोग भनि फोटो र भिडियो पनि आएको छ यसलाई आयोगमा पठाएका छौ । कतिपय टेलिफोन मार्फत विनाप्रमाण आएकोले प्रमाण सहित आउन भनेका छौ, फोन मार्फत पनि केही उजुरीमा सम्बोधन भएको निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक ज्ञवालीले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर