कार्तिक १७ अर्घाखाँची। नेकपा (एमाले) केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकले अर्घाखाँचीको आर्थिक अवस्था बदल्ने बताए । आफु सांसद भएपछि २०६६ सालबाट शुरु गरेको सडकको काम धमाधम भैरहेको र बहुवर्षीय योजनामा पारेकाले छिटै निर्माणको काम सम्पन्न हुने बताए ।
‘नेपालको एक मात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटन पुग्न सबैभन्दा छोटो बाटो यही हुन्छ,’ पूर्वउपप्रधानमन्त्री रायमाझीले भने, ‘ढोेरपाटनमा सिकार खेल्न विदेशी पर्यटक आउँछन् । राष्टिय तथा अन्तराष्टिय पर्यटक यहीबाटो आउजाउ गर्दा अर्घाखाँची पहाडी जिल्लाको पर्यटकी केन्द्र बन्छ ।’ अर्घाखाँचीबाट बुटवल आउजाउ दुई घण्टामै हुन्छ । यो सडकले दुर्गम गाउँलाई समेटेको उनले बताए । उनले आफु सांसद र मन्त्री भएको बेला ढोरपाटन सडकको शुरुवात गरेको बताए ।