जनताको अभिमत बोकेर विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु : बिश्वकर्मा

कार्तिक १७ । रुपन्देहीको क्षेत्र नम्वर १, का प्रतिनिधि सभा सदस्यपदका उम्मेदवार छविलाल विश्वकर्माले जनताको अभिमतलाई सदैव सम्मान गर्ने बताउनु भएको छ ।

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका नेता विश्वकर्माले जनताको भावना र चाहनाका वारेमा आफु जानकार भएको बताउदै फेरीपनि जनताको अभिमत बोकेर क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रका मतदाता संग घेटघाट गर्ने क्रममा पुर्व मन्त्री विश्वकर्माले ५ बर्षे कार्यकालमा क्षेत्रको मुहार फेर्ने विकास निर्माणका काम भएको दावी गर्नु भयो ।

भारतीय सिमा दशगजा देखि पाल्पाको सिमाना माथागढी सम्म फैलिएको एक नम्वर क्षेत्रलाई विकासका हिसावले पनि एक नम्वर बनाउन आफुले प्राप्त योजनाहरु अगाडि सारेको नेता विश्वकर्माले ठोकुवा गर्नु भयो । दशगजाबाट उत्तर तर्फ जोड्ने गरी ४ वटा लिंक सडकहरु शुरु गरिएको बताउदै उहाले क्षेत्र भरी नै सहायक सडकहरुलाई व्यवस्थित ढंगले अगाडि सारिएको समेत जानकारी दिनु भयो ।

जनताको गुनासो सुन्ने क्रममा नेता विश्वकर्माले पहिलो कार्यकालमा अगाडि सारिएका परियोजनाहरुलाई पुरा गर्न तथा नयाँ योजना शुरु गर्नको लागि आफु पुनः उम्मेदवारको रुपमा जनताको वीच आउनु परेको बताउनु भयो । विकासका पुर्वाधारको क्षेत्रमा थुप्रै कामहरु भएको उल्लेख गर्दै उहाले अझै धेरै काम गर्न वाकी रहेको उहाले बताउनु भयो । सो अवसरमा नेता विश्वकर्मा समक्ष आफना मागहरु राख्दै ओमसतिया ६, का मानबहादुर चौधरीले विगतमा भएका कामलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

चौधरीले सेमरहवा खैरेनी सडक खण्डले पुर्णता पाएमा आफुहरुको गाउको विकासमा योगदान पुग्नेमा जोड दिनु भयो । त्यसैगरी रोहिणी गाउपालिकाका रमेश हरिजनले पुर्व सांसद विश्वकर्माले रोहिणीको विकासमा पुर्याउनु भएको योागदानकै कारण यस क्षेत्रको मुहार फेरिएको बताउनु भयो । विगतमा रोहिणीका वस्ती वस्ती पुग्न कठिन हुदै गर्दा विश्वकर्माले निर्वाचन जितेर आएपछि रोहिणीका सवै वडाहरुमा पक्की सडक, पुल, कल्भर्ट निर्माणको बताउदै हरिजनले अरु दलले २६ बर्षमा नगरेको काम एमालेका नेता विश्वकर्माले ५ बर्षमा सम्पन्न गरेको दावी गर्नु भयो ।

केही राजनीतिक पार्टीका स्थानीय ठेकेदारहरुले विकासलाई अवरुद्ध गर्ने काम गरेको स्मरण गर्दै रोहिणीवासी जनताले ईमलिहवा, पिपरहवा सडक निर्माणका क्रममा अदालमा मुद्दा हालेर योजना नै असफल पार्न खोजेको आरोप लगाएका थिए । झण्झण्ट र मुद्दा मामिलालाई पन्छाउदै नेता विश्वकर्माले रोहिणी गाउपालिकाको विकासमा फड्को मार्ने गरी काम गर्नु भएको स्थानीयवासीको अनुभव रहेको छ । जनता संग भेटघाट गर्दै नेता विश्वकर्माले राप्रपा, जसपा र एमालेको चुनावी तालमेल राष्ट् र राष्ट्यिताको रक्षाको लागि भएको उल्लेख गर्दै संयुक्त उम्मेदवारलाई मत दिएर विजयको माला पहिराउन आग्रह गर्नु भयो ।

उहाले गठबन्धन जनताको हितको लागि भन्दा पनि आफुहरुको स्वार्थ शिद्ध गर्नको लागि उद्द्त रहेको आरोप लगाउनु भयो । नेता विश्वकर्मा जनताको घरघरमा पुग्दा स्थानीयवासीले फुलमालाले स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर