कार्तिक १९ रुपन्देही।सत्ता गठबन्धनको गलत नीतिका कारण अर्थतन्त्र डमाडोल भएको लुम्बिनी प्रदेशका पूर्व संसद,नेकपा एमाले रूपन्देही जिल्ला इन्चार्ज तथा क्षेत्र नं. ५ (क) का प्रदेश सभा सदस्यपदका उम्मेदवार भूमिश्वर ढकालले बताउनु भएको छ ।
सत्ता गठबन्धन १४ महिना सरकारमा रहँदा महंगी, भ्रष्टाचार बढेको, अर्थतन्त्र दिनप्रतिदिन बिग्रिएको उहाँले बताउनु भयो । रूपन्देहीको क्षेत्र नं. ५, कञ्चनमा नेकपा एमालेको चुनाव प्रचार प्रसारका क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो। अहिले हेर्नुस्, पेट्रोलको भाउ दोब्बर बढेको छ, बैंकले लगानी गर्दैन, व्यापार व्यावसाय ठप्प भएको छ,किसानले बीउ मल पाउदैनन्, हरेक कुरामा महंगी बढेको छ, भ्रष्टाचार बढेको छ, विकासका गतिविधि केही छैन, अब देशलाई विकास सहित निकास चाहिएको छ, त्यसका लागि एमालेको सरकार अवश्यक छ ।
देशलाई समृद्ध बनाउनका लागि नेकपा एमाले संग मात्र सहि भिजन भएको उहाँको भनाई छ । आफू संसदमा रहँदा आफ्नो क्षेत्रमा देखिने गरि, जनताले महसुस हुने गरि काम गरेको समेत उहाँले बताउनु भयो । उहाँले भन्नूभयो (म संसदमा हुनु पूर्व पाँच वर्ष पहिले यो क्षेत्र कस्तो थियो अहिले कस्तो भएको छ मूल्यांकन गर्नुस् बाटो बनेकाछन् , शिक्षा, स्वास्थ्यमा सुधार भएको छ, भौतिक पूर्वाधार बनेका छन्, सिंचाईका लागि अवश्यक डिपट्युवेलको व्यवस्था गरिएको छ, खानेपानी धेरै ठाउँमा पुर्याइएको छ ।
गएको कार्यकालमा आफूले गरेको कामको सहि मुल्यांकन गरि आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफू र आफ्नो पार्टीलाई विजयी बनाउन उहाँले मतदाताहरू संग आग्रह गर्नु भयो । उहाँले भन्नूभयो (मलाई जिताउनुस् तपाईहरूको शिर निहुरिन दिने छैन ।
स्थानीय, प्रदेश र संघीय सरकार नेकपा एमालेको नेतृत्वमा भएको बेला कञ्चन गाउँपालिकामा उल्लेख्य विकासका कार्य भएको कञ्चन गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपा एमालेका नेता गोकर्ण बहादुर क्षेत्रीले बताउनु भयो । उहाँले भन्नूभयो। हामी सरकारमा रहाँदा हाम्रो गाउँपालिकामा विकासका गतिविधि तिब्ररूपमा बढाएका थियौं तर अहिले गठबन्धनले जित्दा यतिका महिनासम्म सबै काम ठप्प छन् कुनै काम हुन सकेका छैनन् ।