मतदाता सङ भोटमाग्दै भोजप्रसाद श्रेष्ठ

कार्तिक २१, बुटवल। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(१) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै बुटवल १ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् ।

सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको पक्षमा काम गरेको, बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगर प्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु र अब पाँच वर्षमा के गर्ने भन्ने घोषणापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको श्रेष्ठले बताए ।

निशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, भ्रष्टाचार विरोधी अभियान लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् । घरघरमा पुगेका श्रेष्ठलाई जनताले आशिर्वाद दिदै भन्छन् (हामी काम गर्नेलाई भोट दिन्छौं, तपाईं काम गर्ने मान्छे हो र एमाले सामाजिक र अन्य जनसरोकारको क्षेत्रमा काम गर्ने पार्टी हो ।

घरदैलोमा पुगेका श्रेष्ठलाई पहिले सुकुम्बासी आयोगमा रहेर गरेको काम, २०५५ सालमा ज्योतिनगरमा गरेको पहिरो व्यवस्थापन, २०५४ सालमा बुटवल नगरपालिकाको नगर प्रमुख हुँदा गरेको काम साथै कोरोना कालमा गरेको उल्लेख्य काम सम्झिएको बताउँदै निश्चित हुन मतदाताले श्रेष्ठलाई विश्वास दिलाए ।

यसैबीच औषधि व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए । राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए ।

लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् । गठबन्धनको सरकारको कारण मूल्य बृद्धि भएको, राष्ट्रहित बिरुद्ध गतिविधि बढेको, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश पाएर धनी पोस्ने गरिबलाई सेक्ने काम भयो, जनतालाई भ्रममा राखेर देश बर्वादी बनाउने छुट कसैलाई छैन्  श्रेष्ठले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर