निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा

बुटवल, माघ १४ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ २७ र २८ गते रुपन्देेहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको छ ।

संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने भएको संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिनुभयो । दुई दिन बस्ने वैठकको पुर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय वैठक समेत बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको वैठकबाटै निर्णय भएको उहाँले बताउनुभयो ।

संगठनको वैठकमा सहभागी हुन १ सय ६८ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यका साथैे विभिन्न आयोगका संयोजक एवं सम्पुर्ण प्रदेश कमिटीका अध्यक्षहरु रुपन्देेही आउन लागेको संगठनका केन्द्रीय सदस्य एवं रुपनन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले जानकारी दिए ।  नेपाल निजामती कर्मचारी संगठनलाई नेकपा (एमाले) निकटको ट्रेड युनियन मानिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर