देश विदेश लाने ‘बाँसुरी वादकहरू’ को हुन् ?

सुरेन्द्रराज गोसाई

फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । नेपालमा जहानियाँ राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना भएको ७३ वर्ष पूरा भयो ! भौगोलिकरूपमा जोडिएका तीन एसियाली मुलुकहरू नेपाल, भारत र चीनमा दुईदुई वर्षको फरकमा राजनीतिक परिवर्तन भयो । सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्त भयो । सन् १९४९ मा चीन मुक्त भयो र समाजवादी व्यवस्था स्थापना भयो । नेपालमा सन् १९५१ मा १०४ वर्ष लामो हुकुमी राणाशाहीको अन्त्य भयो । नेपाल र भारतले पुँजीवादी संसदीय व्यवस्थाको मार्ग हिँड्यो भने चीन समाजवादी व्यवस्थातर्पm लाग्यो । यी तीन थरीका राजनीतिक परिवेश एवम् हेरफेरको तीनचौथाइ शताब्दीको तुलनात्मक अध्ययन तथा गम्भीर सिंहावलोकन संवेदनशील समुदाय गर्दै छ । यो ऐतिहासिक आवश्यकता पनि हो । यो भविष्यको मार्ग तय गर्ने उपाय पनि हो ।
स्वतन्त्रताको ७७ वर्षपछि भारत फासीवादको बाटोमा हिँड्दै छ । भारतीय शासकवर्ग धर्मलाई ठुलो अस्त्र बनाउँदै छ । फासीवाद अन्ततः नरसंहार, जातीय सफाया, रक्तपात र भयङ्कर युद्धमा परिणत हुने यथार्थ जगजाहेर भइसकेको छ । उसको विस्तारवादी चरित्र र एकाधिकारको प्रवृत्ति अनियन्त्रित बन्दै छ । भारतीय बहुसङ्ख्यक जनता भोक, रोग र शोकमा डुब्दै छन् । भारत साम्राज्यवादी उक्साइको सिकार बन्दै छ । अमेरिकी साम्राज्यवाद भारतलाई सन् १९६२ को विराममा पुनः पु¥याउन अनेक जालझेल गर्दै छ । एसियाका दुई ठुला शक्ति भिडाउने योजनाबमोजिम भारतलाई यतिखेर पुल्पुल्याइँदै छ र काँधमा चढाइँदै छ । भारतीय शासकवर्ग उन्मत्त भई यतिखेर आत्मघाती बाटोमा हिँड्दै छ ! बेलैमा होस नपु¥याए उसैका निम्ति अभिशाप साबित हुने निश्चित छ । अमेरिका भारतीय चस्माबाट नेपाल र अन्य दक्षिण एसियाली देशलाई हेर्ने कोसिस गर्दै छ जुन गल्ती हिजो बेलायतले गरेको थियो । भारत ‘दक्षिण एसियाली मुनरो नीति’ अवलम्बन गर्दै छ ! आजको विडम्बना यही नै हो !
आन्तरिकरूपमा भारत असमानता, गरिबी, भोक, जातीय भेदभाव, धार्मिक विद्वेष, भ्रष्टाचार, हिंसा, बलात्कारको आगोमा जल्दै छ । यतिखेर पनि लाखौँ किसानहरू पसिनाको मूल्य माग्दै सडकमा उत्रिरहेका छन् । किसानले आत्महत्या गर्नुपर्ने विकराल परिस्थितिको अन्त्यको माग गर्दै सडक मार्च गर्दै छन् । धार्मिक द्वन्द्वले कुन बेला विस्फोटक रूप लिने हो ठेगान छैन । जङ्गलको डढेलोभँैm पैmलिँदो छ ।
भारतको विदेश सम्बन्धमा नजर पु¥याउँदा अर्को निराशाजनक तस्बिर सामुन्ने आउँछ । सीमा जोडिएका या वरपरका कुनै पनि देशसँग भारतको विवादरहित सम्बन्ध छैन । भारतको विदेश सम्बन्ध आफ्नै मिचाहा प्रवृत्तिका कारण तनावमुक्त कहिल्यै बन्न सकेन । सिक्किमलाई गाभेको घटनादेखि काश्मिरको घटनासम्म, पाकिस्तानको विभाजनदेखि चीनसँगको सीमा युद्धसम्म, नेपालका ७२ ठाउँमा सीमा मिचेकोदेखि भुटानलाई संरक्षित देश बनाइरहेकोसम्मका घटनाले भारतको अन्तर्राष्ट्रिय छविलाई बेदाग बनाउन सकेन ! नेपालका नदीहरूमाथि आधिपत्य, नेपाली बजार कब्जा र नेपाली राजनीतिमा निरन्तर हस्तक्षेपले भारत अन्तर्राष्ट्रिय जगतमा कुख्याती कमाउँदै छ । नेपालजस्तो सानो देशलाई जसरी भारतले निरन्तर थिच्दै, मिच्दै र पेल्दै छ । त्यसैकारण भारत ‘टोले डन’ को रूपमा बदनाम हुँदै छ ।
अर्को छिमेकी देश चीन दुई शताब्दी लक्ष्य लिएर लम्किँदै छ । चीनको आर्थिक तथा भौतिक उन्नतिलाई नजिकबाट नियालिरहेकाहरू चीनलाई वायुपङ्खी घोडाको उपमा दिँदै छन् । चीनले सन् २०२१ मा झन्डै एक अर्ब चालिस करोडको विशाल जनसङ्ख्यालाई गरिबीबाट पूर्णरूपमा मुक्त ग¥यो । चीन आजसम्ममा संसारकै कारखाना बन्यो । यसै अवधिमा एसिया, अफ्रिका र दक्षिण अमेरिकाको अन्नदाता बन्यो । बेल्ट एन्ड रोड इनिसियटिभ ‘बीआरआई’ मार्पmत चीन विश्व मानवजगत्सँग एकाकार हुन खोज्दै छ । विश्वव्यापी विकास अगुवाइ ‘जीडीआई’ मार्पmत संसारसँग सहयोगको हात बढाउँदै विकासको साझेदार बन्दै छ । विश्वव्यापी सुरक्षा अगुवाइ ‘जीएसआई’ मार्पmत संसारमै शान्ति, सुरक्षा र समृद्धिको विशाल ढोका खोल्न अहोरात्र प्रयत्नरत छ । विश्वव्यापी सभ्यता अगुवाइ ‘जीसीआई’ मार्पmत विश्वलाई सभ्य, सुन्दर तथा सुरक्षित बनाउन सङ्कल्पित छ । विश्वलाई एउटा सुन्दर मानवीय बगैँचा बनाउने बृहत् योजनासहित चीन यतिखेर सुख, सहअस्तित्व, सम्पन्नता, आपसी सहयोग, मैत्रीभाव तथा सभ्यताको विकासमा नेतृत्व गर्दै छ । सरल भाषामा प्रस्ट पार्ने हो भने चीन गरिबीविरुद्धको लडाइँमा विश्वजगत्सँग हातेमालो गर्दै छ । भोकविरुद्ध विश्वका मानिसको पक्षमा लड्दै छ । महामारीविरुद्धको लडाइँमा विश्व मानवजातिको पक्षमा उभिँदै छ । चीन अन्यायपूर्ण युद्धको विपक्षमा दृढता देखाउँदै छ । चीनले सङ्कटको साथी बन्ने उच्च संस्कृति तथा विशाल हृदय देखाउँदै छ । चोखो मनले समीक्षा गर्दा यी यथार्थ सतहमा आउने निश्चित छ ।
यता नेपाल प्रजातन्त्र स्थापनाको ७३ वर्ष र बहुदल पुनःस्थापनाको ३३ वर्षमा पनि भ्रष्टाचार, राजनीतिक बेथिति र आर्थिक असफलताको दलदलबाट मुक्त हुन सकेन । सम्प्रभुता इतिहासमै कमजोर बनाइँदै छ । देशभित्रैबाट देश परास्त पार्ने खेल चल्दै छ । ‘असफल राज्य’ को दर्जा दिन शासक नेताहरू होडबाजी गर्दै छन् । देशको राजनीतिक, आर्थिक तथा सामाजिक यथार्थ प्रस्ट्याउन लामो गन्थन तथा तर्कवितर्क आवश्यक नहोला ! फागुन ७ का खबरपत्रिकाका मुख्यमुख्य शीर्षक पर्याप्त छन्ः ‘मेलम्चीको आठ अर्ब ७१ करोडको ठेक्कामा एक अर्ब ६३ करोड भ्रष्टाचार’, ‘३० अर्ब सकियो, मेलम्ची अभैm अधूरै’ (नयाँ पत्रिका), ‘मेलम्ची आयोजनामा भ्रष्टाचार, तीन पूर्वसचिवसहित १४ विरुद्ध मुद्दा’ (गोरखापत्र), ‘भुक्तानी नपाएपछि सडकमै दूध पोखेर विरोध’, ‘विधिको शासन : कागजमा छ, व्यवहारमा छैन’, ‘न्याय खोज्दै राजधानीतर्पm’ (कान्तिपुर), ‘काङ्ग्रेसको नीति बहस, काङ्ग्रेसले रुखमा मात्र भोट हाल्न पाउने कि नपाउने ?’ (अन्नपूर्ण पोस्ट) । यीबाहेक समाचार नबनेका, दबाइएका समाचार, लुकाइएका समाचारहरूसमेत बाहिर ल्याउन सम्भव भयो भने देशको बर्बादी तथा दुर्दशा अभैm छताछुल्ल हुने थियो ! नाङ्गिन बाँकी शासक नेताहरू अब हातमा गन्नलाई पनि पुग्दैन !
गत माघसम्मको तथ्याङ्कअनुसार देशले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्र सरकारले तिर्न बाँकी ऋण १ खर्ब ६५ अर्ब १० करोड रूपैयाँ पुगेको छ । (कान्तिपुर, फागुन ६ गते) यसरी हेर्दा हरेक नेपालीको टाउकोमा ८२ हजारभन्दा बढी ऋण छ । सार्वजनिक ऋण योभन्दा तीव्रगतिमा बढ्ने निश्चित छ । देश टाटपल्टिने स्थितिमा पुग्दै छ । यसको निम्ति अहिलेसम्मका सम्पूर्ण अर्थमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री र प्रधानमन्त्री प्रमुखतः दोषी हुन् । ३३ वर्षमा सरकारमा गएका दल त्यसका निम्ति दोषी हुन् । समाजको भ्रष्टीकरण तथा बर्बादीमा सिंहदरबार र कुर्सीबाहेक अरु केही नदेख्ने हठात् जन्माइएका ‘नयाँ नेता’ जिम्मेवार छन् । मानिससँग हुने सारा खराबीभन्दा बढी बोकेर नयाँ हाँै भन्दै देशभित्र हुल्याइएका पात्रहरूलाई बेलैमा नचिने नेपाली जनता अर्को भड्खालोमा पर्नेछन् । होस पु¥याउन आवश्यक छ ।
अर्को डरलाग्दो तस्बिर भर्खरै बाहिर आयो ! सन् २०२३ मा मात्र स्थायी बसोबास गर्न ७० हजार ९१५ जना नेपाली विदेश गए । पछिल्लो एक वर्षमा ३ लाख ४० हजार ३६९ जना विदेशमा नै बसेको सो खबरले बतायो । (नागरिक, २ फागुन) चालु आर्थिक वर्षको ७ महिनामा चार लाख पाँच हजार ५५२ जनाले श्रम स्वीकृति लिए । संयुक्त अरब इमिरेट्स पहिलो र कतार दोस्रो नेपालीका श्रम गन्तव्य हुन् । (गोरखापत्र, फागुन ३ गते) कतिञ्जेल यसरी देश विदेश गइरहन्छ ? देश किन देश बस्न आनाकानी गर्दै छ ? देश विदेश लाने ‘बाँसुरी वादकहरू’ को हुन् ? आजका गम्भीर सवाल यी नै हुन् ।
नेपालको कुल जनसङ्ख्याको २० प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि छन् भन्ने तथ्याङ्क भर्खरै सार्वजनिक भयो । करिब ६० लाख नेपाली दैनिक २ सय रुपियाँ पनि कमाउँदैनन् या खर्च गर्न सक्दैनन् । ग्रामीण क्षेत्रमा २४.६६ र सहरी क्षेत्रमा १८.३४ प्रतिशत गरिबी रहेको ताजा सर्वेक्षणले देखाउँछ । नेपाल तथ्याङ्क विभागले गत माघ २८ गते सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण— २०२२–२३ ले देखाएको चित्र हो यो । (दि काठमाडौँ पोस्ट, १२ फेब्रुअरी) प्रजातन्त्र स्थापनाको सात दशक पार गरिसक्दा पनि नेपाली जनता दयनीय जीवन बाँच्न बाध्य छन् । निश्चय पनि यो पुँजीवादी व्यवस्थाको असफलता हो । पुँजीवादी शासकवर्गको असफलता हो । यसको विकल्प भनेको समाजवाद नै हो । देशको परिस्थिति र अहिलेसम्मको परिणामले यही पुष्टि गर्दछ ।
नेपाली जनता इतिहासमा सबैभन्दा बढी सचेत, गम्भीर, जिम्मेवार तथा संवेदनशील हुन आवश्यक छ । यही नै अहिलेको हाम्रो राष्ट्रिय अभिभारा हो । ‘आफूले आपैmँलाई नचिनेर दुःख भयो रे ¤’ भन्ने पुरानो नेपाली आहानबारे हरेक नेपालीले घोत्लिन सके वर्तमान सङ्कटको निकास निकाल्न सहज हुनेछ । “शत्रुलाई चिन, मित्रलाई चिन, लडाइँ जित्ने निश्चित छ ।” अध्यक्ष माओको यो प्रसिद्ध भनाइ हाम्रो परिवेशमा अझ बढी समीचीन अनुभव हुन्छ ।
(ख्वप मावि, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको वार्षिकोत्सव कार्यक्रम २०८० अवसरमा प्रकाशित वार्षिक बुलेटिनबाट साभार)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर